वडास्तरमै प्रथामिक उपचार नीति आयो, भरतपुरलाई टर्सरी अस्पताल बनाउने स्वास्थ्य मन्त्रीको घोषण (भिडियो)

राजेन्द्र अचार्य
चितवन, २७ साउन । नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वास्थ्यमा आम जनताको पहुँचमा पुराउन सरकारले वडा तहमा नै प्रथामिक उपचार दिने गरि निति बनाएको बताएका छन् ।
सरकारले अस्पतालहरुलाई तीन तहमा वर्गिकरण गरेको उनले भने सरकारले प्रत्येक वडा स्तरमा नै प्रथामिक उपचार दिन सकिने गरि काम गर्ने गरि नीति बनाएका छौँ, अब स्वास्थ्य छिटै सहज हुनेछ ।
भरतपुर अस्पतालले आयोजना गरेको बिशेष अन्तरक्रिय कार्यक्रममा बोल्दै मन्त्री यादवलेयो योजना चालु आर्थिक अबस्थामा यो निति कार्यान्वयन गरीने स्पष्ट समेत पारे ।
यसका लागि सरकारले चालु आर्थिक वर्षमा १ हजार २ सय वटा अस्पताल बनाउने लक्ष्यका साथ काम गरिरहेको जानकारी दिए ।
प्रथामिक उपचार वडा स्तरमानै भई सके पछि ठूला अस्पतालहरुमा बिरामिको चाप घट्ने उनको भनाई थियो । उनले भने “आधारभूत स्वास्थ्य तल नै उपलब्ध भए अहिलेको भिडमा कमि आउने छ ।” सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई महत्वका साथ अघि वढाउन सकेको खण्डमा मात्रै देशको विकास हुने उनले बताए ।

मेडिकल हब बनाउन चितवनको वातावरण उपयुक्त
चितवनको बातवरण मेडिकल हबका लागि उपयुक्त भएको बताउँदै मन्त्री यादबले मेडिकल शिक्षाका लागि बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई संगै वढाउन सकिने बताए ।

प्रचण्ड प्रधानमन्त्री हुदाँ चितवनलाई काठमाडौँपछिको उपयुक्त राजधानी बनाउने ठाउँ देखेपनि ९ महिनामै सरकार ढलेका कारण त्यो सम्भव नहुदाँ चितवनमा स्वास्थ्य सोचे अनुसार विकास हुन नसको समेत खुलासा गरे ।

अस्पतालको जग्गा अरु प्रयोजनका लागि गरौँ
जुन सुकै कामका लागि आफ्नो जग्गा आबश्यक रहेको बताउँदै उहाँले अबका दिनमा दिईएका जग्गा समेत फिर्ता लिन निर्देशन मन्त्री यादवले सो अवसरमा निर्देशन दिए ।
“अरु प्रयोजनका लागि अब जग्गाको प्रयोग नगरौँ, विभिन्न संघसस्थालाई दिएका जग्गा अब आआफ्नो बन्दोवस्त गर, हस्पीटलको जग्गा हस्पीटललाई नै छोडिदिऔँ ।”
उनले भने “आज जुन जग्गा धेरै देखेका छौ त्यो भेलि गएर थोरै हुन सक्छ । अबको ४०/५० वर्षलाई हेरेर अस्पतालहरुको विकास गर्नु पर्छ । यसलाई मध्येनजर गर्दै सबै क्षेत्रलाई दिएको जग्गा फिर्ता लिनुहोस । उनीहरुलाई बिकल्पको खोजी गर्न लगाउनुहोस ।”
भरतपुरलाई टर्सरी लेवलको अस्पताल वनाईने
भरतपुर अस्पताललाई विशिष्टीकृत (टर्सरी) लेवलको अस्पताल वनाईने बताएका छन् । केन्दीय अस्पतालका रुपमा भरतपुरलाई विकास गर्नुपर्छ भन्ने माग आईरहेका वेलामा उनले भने दुई वटा अस्पताल आबश्यक नभएका कारणले यस अस्पताललाई केन्द्रमा राख्न कठिन हुने स्पष्ट पारे ।
उनले भरतपुलाई बिशेषज्ञ सवा सहितको टर्सरी अस्पतालको रुपमा विकास गर्ने दोहोर्याएका थिए । यस अस्पताल अहिले सेकेन्डरी अस्पतालको रुपमा रहेको भन्दै मन्त्री यादवले यसलाई टर्सरी अस्पतालको रुपमा बिकास गरीने बताएका हुन् ।
संघियता कार्यान्वयन हुनु आबश्यक
संघियता बलियो भए पछि बिकासले फड्को मार्ने बताउँदै उहाँले संघियता कार्यान्वयन हुनु आबश्यक रहेको बताए । फरक प्रसंगमा बोल्दै उहाँले अहिले करका कारण केहि समस्या आएको बताए । स्थानिय, प्रदेश र केन्द्रले लगाउने करका कारण जनता मारमा परेको यसलाई व्यवस्थापन गर्नु पर्ने उनको भनाई थियो ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रविन खड्काले अस्पतालका विभिन्न प्रगति र समस्याका बारेमा जानकारी गराएका थिए ।
भने मन्त्री यादवले पुरै अस्पताल अनुगमन गरेका थिए ।

Promise Education Consultancy