‘अब अपराध गर्नेले नै पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने’

काठमाडौँ, २७ साउन । फौजदारी मुद्दाका पीडितहरूले अब कसुरदारबाटै क्षतिपूर्ति पाउने भएका छन्। कसुरदारले क्षतिपूर्ति भर्न नसकेमा राज्यबाट स्थापित कोषबाट क्षतिको रकम पाउने छन्। सरकारले संसदमा आइतबार दर्ता तयारी गरेको विधेयकमा अपराध पीडितले क्षतिपूर्तिसँगै सामाजिक पुनर्स्थापनाको हक पाउने छन्।

विधेयकले कसुरको मात्रा र प्रकृतिमा कुनमा कति क्षतिपूर्ति भन्ने व्यवस्था गरेको छैन।

कानुन बमोजिम क्षतिपूर्ति र सामाजिक पुनर्स्थापनाका लागि सरकारले मौलिक हकको व्यवस्था कार्यान्वयनका लागि अपराधबाट पीडितको संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार पारेको हो। कानुन मन्त्रालयले आइतबार विधेयक संसदमा दर्ता गर्दैछ ।

Promise Education Consultancy