देवघाटमा घुम्ती सेवा शिविर, ५० बर्षमा बल्ल नागरिकता

आशिक राना
देवघाट, साउन २६ । देवघाट गाउपालिकाको कार्यालयमा आजबाट घुम्ती सेवा शिविर सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजना र देवघाट गाउपालिकाको समन्वयमा आज र भोली २ दिने शिविर सञ्चालन भएको हो ।
शिविरको पहिलो दिनमा नै आज ५० वर्ष पुगेका महिलाले समेत नागरीकता प्राप्त गरेको छ ।


तनहुँका स्यानी बसेल सार्कीले ५० वर्ष पुगे पछि मात्रै आज नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय तनहुँका अधिकृत शुरेस ढकालले जानकारी दिनुभयो ।
दुई दिन सम्म सन्चालन हुने शिविरमा दलित जनजाति वर्गका ब्यक्तिहरुलाई प्रशासन कार्यालयले नै यो व्यक्ति दलित जनजाति हो भनेर प्रमाणित गर्ने सुविधा समेत प्रदान गरेको उहाले बताउनुभयो ।
साथै उहाले यो भन्दा अगाडिको शिविरहरुमा नागरीकता मात्र प्रदान गरेकोमा यो पटक भने थप अन्य सेवा सहित दलित जनजाति प्रमाणित सेवा समेत प्रदान गरेको उहाले जानकारी दिनुभयो ।


हालसम्म देवघाट गाउपालिकाले ३ वटा घुम्ती सेवा शिविरहरु सन्चालन गरेको छ । देवघाट गाउपालिकाको ५ वटै वडालाई लक्षित गरेर सन्चालन गरेको घुम्ति शिविरमा सबै उमेर पुगेका नागरीकहरुले सेवा लिन सकिने देवघाट गाउपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले बताउनुभयो ।
देवघाट गाउपालिकाका नागरीकहरु नागरीकता लिनको लागि तनहू जिल्लाको सदरमुकाम दमौली सम्म जान पर्ने भएकोले त्यसको लागि समयको बचत, रकमको सदुपयोगका साथै बर्खाको समयमा मुग्लिन बाटोको समस्या समेत रहेकोले सो सेवा सन्चालन गरेको उहाले जानकारी दिनुभयो ।

Promise Education Consultancy