क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरिने : स्वास्थ्य मन्त्री उपेन्द्र

 

चितवन २६ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चितवनको विपी कोईराला मेमेरोयल क्यान्सर अस्पतालाई प्रतिष्ठानको रुपमा विकास गर्ने बताएका छन् ।

अस्पतालमा आज स्थलगत अनुगमन गर्दै उनले सरकारी स्वामित्वमा रहेको अस्पताललाई स्तरोन्नती गरी देशकै अब्बल क्यान्सरको उपचार गर्ने संस्था बनाउने बताए ।
अस्पताललाई अन्कोलोजीको विषयमा एमसिएच र डिएम अध्ययन अध्यापनका लागि सरकार नै लागिपरेको उल्लेख गरे । अनुगमनका क्रममा उनले अस्पतालको सेवा चुस्त पार्न समेत निर्देशन दिए ।

उनले विरामीहरुको सेवामा ढिलासुस्ती नगरी सेवा प्रभावकारी बनाउन आज कर्मचारीहरुलाई आग्रह गरे ।


अस्पतालको सेवालाई पुर्व क्षेत्रमा समेत लैजानुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री यादवले अस्पताललाई सुविधायुक्त बनाउन आवश्यक सहयोग गर्ने आश्वासन समेत दिए ।
मन्त्री यादवले आज अस्पतालको रेडियो थेरापी, डाईग्नोसिस, प्याथोलोजी, डेकेयर, हस्पीस वार्ड र नव निर्मित २०० शैयाको भवनको स्थलगत निरिक्षक गर्नुभएको अस्पतालका कानुनी अधिकृत गोकर्ण सापकोटाले जानकारी दिए ।

सो क्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक निर्मल लामिछानेले अस्पतालका योजना र गतिविधिका बारेमा जानकारी गराएका थिए। २२५ शैयामा अस्पतालमा सञ्चालित छ ।