रत्ननगरमा अब बन्ने भो आकाशे पुल, माटो परीक्षण

चितवन, २६ साउन । रत्ननगर नगरपालिकाले टा“डीचोकमा आकासेपुल निर्माण गर्न माटो परीक्षण (सोयल टेष्ट) सुरु गरेको छ ।
पानी र जमिनको सतहको अध्ययन गरेर कति क्षमताको आकासेपुल निर्माण गर्न सकिन्छ भन्ने थाहापाउन माटो परीक्षण सुरु गरिएको मेयर नारायण वनले जानकारी दिए । नगरपासीले गौरभ गर्ने सक्ने गरी चितवनमै पहिलो पटक टा“डीचोकमा आकासेपुल निर्माण गर्न लागेको उनले बताए ।
नगरपालिकाले ७५ लाखको लगानीमा आकासेपुल निर्माण गर्न लागेको हो । त्यसका लागि प्रदेश सरकारले ३० लाख रुपैया विनियोजन गरेको छ । आकासेपुल निर्माणको लागि लाग्ने बा“की रकम केही दातृ निकाय सहयोग लिने र नगरपालिकाले लगानी गर्ने योजना रहेको मेयर वनले बताए ।
डेढ महिनामा माटो परीक्षणको प्रतिवेदन आउने र त्यसपछि कुन प्रकारको आकासेपुल निर्माण गर्ने भन्ने टुङ्गो लाग्ने प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले बताए । नगरपालिकाले आधुनिक आकासेपुल निर्माण गर्न लागेको उनले बताए ।
काठमाडौंमा अहिले रहेका भन्दा छुट्टै प्रकारका आधुनिक आकासेपुल निर्माण हुने उनको भनाइ छ । डेढ महिनामा माटो परीक्षणको प्रतिवेदन आउन र दुई महिना भित्र पुल निर्माण सुरु हुने प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए ।
नगरपालिकाले टा“डीचोक पछि चालु आर्थिक बर्षमै सौराहाचोमा पनि आकासेपुल निर्माण गर्नेछ । टा“डीचोक र सौराहाचोकमा एकैसाथ माटो परीक्षण सुरु गरिएको उपमेयर विमला दुवाडीले जानकारी दिइन ।
नगरपालिकाले चालु आर्थिक बर्षमै प्रदेश सरकारको सहयोगमा चित्रसारीमा पर्यटकीय बसपार्क, टिकौलीमा गौशाला,रत्ननगर ९ मा होमस्टे सहितको इकोपार्क,कोल्ड स्टोर निर्माण सुरु गर्ने जनाएको छ ।
यसैबीच कार्यपालिकाको बैठकले सौराहाचोकमा निर्माण गरिएको वसपार्क एक हप्ता भित्र सञ्चालनमा ल्याउन,बुकलहर देखि लौरीघोल सम्मको बजार क्षेत्रका पाकिङ निषेध घोषणा गरी सवारी साधन व्यवस्थित गर्ने,सौराहाको फोहोर व्यवस्थापनको लागि एउटा कार्यदल गठन गरेको प्रबक्ता सरस्वती लामाले जानकारी दिइन ।
त्यसैगरी नगरपालिकाले स्वास्थ्य क्षेत्र अन्तर्गत जेष्ठ नागरिकलाई घरघरमै पुगेर उपचार सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि औषधि,स्वास्थ्य उपकरण सहित स्वास्थ्यकर्मी परिचालनको लागि आवश्यक तयारी गरिएको प्रबक्त लामाले बताइन ।

Promise Education Consultancy