प्रचण्डको चितवने उद्घोष : नारायणी नदी पर्यटन विकासका निम्ति बरदान (भिडियो)

चितवन, २६ साउन । पुर्वप्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चितवनको नारायणी लगायतका नदी समग्र देशकै विकासका निम्त बरदान हुनसक्ने बताउनु भएको छ ।

अहिले पर्यटकहरुको आकर्षण हिमाल भन्दापनि समुन्द्र र नदी किनारमा बढेको भन्दै उहाँले चितवनको नारायणी, राप्ती र रिउ नदी विकासका लागि बदरान सावित हुनसक्ने औंल्याउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “जलमार्गको कुरा गर्दा गण्डक–नारायणी एउटा भायबल नदी हो भन्ने कुरामा दुई मत छैन, मानिसको ध्यान माउन्टेन भन्दा नदी र समुन्द्रतीर केन्द्रित भएको छ, नारायणी हाम्रो लागि बरदान हुनसक्छ, रिउ र राती नदीपनि कनेक्टिभिटीका दृष्टीले महत्वपूर्ण छ ।”

चितवन पर्यटन विकास समितिको आयोजनामा आज भरतपुरमा आयोजित चितवनको पर्यटन विकासमा स्थानिय सरकार तथा निजी क्षेत्रको भूमिका विषयक एकदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनको विकासलाई राष्ट्रिय हितसँग जोडेर हेर्नुपर्नेमा जोडदिनुभयो ।

उहाँले चितवनको लागि वैकल्पिक राजमार्गको आवश्यकतामाथि जोडदिनुभयो । दाहालले केरुङदेखि ठोरीसम्म जोड्ने हुलाकी मार्गको लागि पृथ्वी राजमागको निश्चित विन्दुबाट शुरुङ खनेर चितवनको शक्तिखोरमा निकाल्ने योजना अघि बढेको समेत जानकारी गराउनुभयो ।

 

 

 

 

 

“शक्तिखोरमा शुरुङ निकालेर भरतपुर हुँदै माडी ठोरी लैजाने विषयमा छलफल मात्रै होईन कंक्रिट रुपमा डिपिआर बनाउनेतीर सरकार गएको छ, दाहालले थप्नुभयो, “त्यसो हुने वित्तीकै मुग्लिनबाटोमा प्राकृतिक रुपमा जे समस्या छ त्यसको पनि समाधान हुने र कनेक्टिभिटीका दृष्टिले पनि महत्वपूर्ण हुन्छ ।”

उक्त विषय अर्थ मन्त्रालयमा, प्रधानमन्त्रीसँग पनि र सरकारसँग पनि ध्यानाकर्षण भएको र आफैं पनि संलग्न भएकाले निर्माण हुनेमा उहाँले आश्वस्त पार्नुभयो ।

सडक निर्माणपछि हुलाकी मार्ग उत्तर दक्षिणको महत्वपूर्ण र छोटो बाटो हुने उहाँको दावी थियो । यसले चितवनको र समग्र देशकै पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुभयो । ।
चितवनलाई विकास गर्नु भनेको समग्र देशकै विकास गर्नुभएकाले सिंगो देशलाई मध्यनजर गरेर चितवनको विकासमा लाग्नुपर्ने अध्यक्ष दाहालको भनाई थियो ।

क्षेत्रीय र इलाकिय सोचले चितवनको विकास गर्नु नहुने तर्क उहाँको छ । जतिधेरै कनेक्टिभिटी, रेलमार्ग, जलमार्ग र हवाइमार्ग हुन्छ त्यती धेरै विकास हुने उहाँको दावी छ ।
उहाँले नेपालमा अहिले व्यापार घाटा कमगर्नेतिर जोड दिएकोले विकास निर्माणमा कम ध्यान पुग्दा कताकता म्याच नभएको हो की भन्ने महसुस भएको बताउनुभयो । सरकारको ध्यान सन्तुलित रुपमा विकास गर्ने रहेको दाहालले बताउनुभयो ।

चितवनम क्रिकेट मैदान, रंगशाला, सिटीहल, कभर्डहल, नारायणी र राप्ती रिङरोड पाईपलाईनमै रहेको र कार्यान्वयनतर्फ अघि बढेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “विकास र कनेक्टिभिटी बढाउने कुरा विकासको फण्डामेन्टल कुरा हुन् ।” उहाँले दक्षिण माडीको समस्या हल गर्न चितवन निकुञ्जको ऐन संसोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो क्रममा सातवटा स्थानिय तहका प्रमुख एवं प्रतिनिधिहरुले आआफ्नो क्षेत्रको पर्यटन विकासका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले जिल्लाको पर्यटन विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Promise Education Consultancy