विश्वलाई आश्चर्यमा पार्दै थाइल्याण्डले बनाउँदैछ विशाल राम मन्दिर

एजेन्सी –थाइल्याण्डमा भगवान रामको विशाल मन्दिरको निर्माण थालिएको छ । यो मन्दिर थाइल्याण्डको अयुथ्यामा बन्नेछ । भारतको अयोध्यामा राम मन्दिर निर्माण विवादित भइरहँदा रामभक्तहरूले थाइल्यान्डमा मन्दिर निर्माण थालेका हुन् ।

बुधवार अयुथ्यामा राम जन्मभूमि निर्माण ट्रस्टले भूमि पूजन र धार्मिक अनुष्ठान गरेपछि राम मन्दिर निर्माण शुरू भयो । राम मन्दिर चाव फ्राया नदीको किनारमा हुनेछ र यो शहरको केन्द्र भागमा छ ।

दक्षिणपूर्वी एसियाको बौद्धबहुल देश थाइल्यान्डमा हिन्दू धर्मप्रति आस्था देख्न पाइन्छ । थाइल्यान्डका मानिस हिन्दू मन्दिर र देवतामा गहिरो आस्था राख्छन् र आफ्ना राजालाई पनि रामको वंशज मान्छन् ।

थाइ संस्कृति एवं साहित्यमा रामायण र मर्यादापुरुषोत्तम रामको चर्चा छ । त्यहाँका राजाहरू पहिलेदेखि नै आफ्नो नाममा राम जोड्थे । थाइल्यान्डमा हिन्दू देवीदेवता र उनीहरूसँग जोडिएका प्रतीक अनेकौं ठाउँमा भेटिन्छन् । थाइल्यान्डको राष्ट्रिय चिह्न नै गरुड हो । राजधानी बैंककको विमानस्थलको स्वागत हलभित्र समुद्र मन्थनको भव्य दृश्य छ

Promise Education Consultancy