स्वास्थ्य मन्त्री यादवले भने : भरतपुरलाई केन्द्रीय अस्पताल बनाउन सरकारले गृहकार्य सुरु गर्दै (भिडियो)

चितवन, २६ साउन । नेपाल सरकार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई भरतपुर अस्पताललाई केन्द्रिय अस्पताल बनाउन सरकारले गृह कार्य सुरु गरेका छन् ।
कसरी बनाउने भन्ने विषयमा छलफल र गृहकार्य भैरहेको उनले भने, कसरी विकास गर्ने भन्ने विषय छलफलबाट टुगिनेछ ।
चितवनको भरतपुर र क्यान्सर अस्पतालको निरीक्षणका लागि आउदाँ भरतपुर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा बोल्दै केन्द्रीय आफुहरुले बालर भन्दा पनि छलफल र गृहकार्य मार्फत अस्पताललाई व्यवस्थित गर्ने स्पष्ट पारे ।

 

 

 

 

उनले स्वास्थ्य आम जनता आधारभुत आवश्यकता भएको भन्दै यस विषयमा सरकारले गम्भिर रुपमा सोचेको समेत बताए ।
मन्त्री यादवले मुलुकलाई संमृद्ध बनाउन सबैले हातेमालो गर्नुपर्ने जरुरी रहेको उनले बताए । डा. गोविन्द केसीका सम्बन्धमा अनशन बस्ने नबस्ने उनले कुरा भएको टिप्पणी गरे समेत गरेका थिए । । देशभरका अस्पताल विकास समितिहरु खारेज गर्दा अस्पताल संचालन गर्न कुनै समस्या नभएको मन्त्री यादवले बताए ।
यो पुरानो पद्धतीलाई हटाई आफुहरुले सहजता बनाएको बताए ।