जुगेडीमा ट्रक दुर्घटना : २ भारतीय नागरिकको मृत्यु, १ घाईते

 

चितवन, २६ साउन । नारायणगढ –मुग्लिन सडक अन्तरगत भरतपुर २९ जुगेडीमा भारतिय ट्रक दुर्घटना  हुँदा २ भारतीय नागरीकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक भारत बलरामपुरका २५ वर्षीय जुवेर महमद र अर्का परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तै अर्का सोहि स्थानका ३५ वर्षीय फिरोज आलम घाईते भएका छन । उनको भरपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

भारतबाट काठमाण्डौतर्फ गईरहेको एम एच ४२ टि ०३४३ नम्बरको भारतिय ट्रक सनिवार विहान पौने ५ बजे जुगेडि पुलबाट खोल्सामा खसेको हो । गाडि अनियन्त्रीत भई दुर्घट्नामा परेको हुनसक्ने अनुमान गरीएपनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।