सिसेल्समा रहेका नेपालीहरुको विषयमा परराष्ट्र मन्त्रालयको चासो

 

काठमाण्डौं, २५ साउन । परराष्ट मन्त्री प्रदिप ज्ञवालीले अफ्रिकी मुलुक सिसेल्स प्रति चासो देखाउनुभएको छ । सिसेल्समा रहेका नेपालीहरुको अवस्था बारे जानकारी दिन परराष्ट्र मन्त्रालय पुगेका रामप्रसाद पन्त सँग परराष्ट्र मन्त्री ज्ञवालीले चासो देखाउनुभएको हो । पन्त विगत लामो समयदेखि अफ्रिकी मुलुक सिसेल्सको प्रहरी विभाग अन्तर्गत एनएनटी नाराकोटीस व्यूरोमा कार्यरत्त छन् ।
परराष्ट्र मन्त्रीसँगको भेटमा पन्तले सिसेल्सका विभिन्न क्षेत्रमा कामगर्दै आएका नेपालीहरुको अवस्था र उनीहरुले भोग्नु परेको समस्याको बारेमा जानकारी गराएका थिए । सिसेल्स सुन्दर मुलुक भएपनि नेपाली दुतावास नभएका कारण पूर्ण रुपमा सुरक्षित भएर कामगर्न सक्ने अवस्था नभएको भन्दै तत्काल दुतावास वा कन्सुलर स्थापनाका लागि पहल गर्न परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।


मन्त्री ज्ञवालीले त्यहाँ देखिएका समस्याको विषयमा सरकार गम्भिर भएर लाग्ने आश्वासन दिनुभयो । निकट भविष्यमै सरकारको तर्फवाट उच्च स्तरीय भ्रमण हुने पनि मन्त्री ज्ञवालीको भनाई छ । नेपालीहरुलाई सुरक्षीत गर्ने मात्र नभई दुई देशबीच हुन सक्ने व्यपार लगायत अन्य सन्धी सम्झौताको विषयमा समेत छलफल गर्न सरकारी टोली सिसेल्स जाने तयारी गरिरहेका मन्त्री ज्ञवालीले बताउनुभयो ।
यसैबीच पन्तले सिसेल्समा गैरआवासीय नेपालीहरुको संस्था एनआरएन स्थापनाका लागि
गैरआवासीय नेपाली संघका डा. हेमन्त दुवाडीसँग भेटघाट गर्नुभएको छ । त्यहाँ रहेका झण्डै ६ सय नेपालीहरुको अवस्था र विस्तारै संगठित बन्दै गइरहेको नेपालीहरुको बारेमा जानकारी गराउनुभयो । सिसेल्समा एन एर एन ( गैरआवासीय नेपाली संघ ) स्थापनाको विषयमा छलफल गरेर अगाडी बढ्न सकिने संघ डा. दुवाडीले बताउनुभयो ।

Promise Education Consultancy