जापानमा रहेका दुई सक्रिय मगर संघ हरूबीच एकता हुने

जापान,२५ सनउन । जापानमा रहेको दुई सक्रिय मगर संघ हरू नेपाल मगर संघ जापान र मगर संघ जापान एकतामा जोडिने भएको छ। सन १९९५ देखी जापानमा रहेका मगर समुदायहरुलाई समेटेर सामाजिक कार्य तथा आफ्नो समुदायको कला,सस्कृती को जगेरना गर्दै देश तथा बिदेशमा दुख मा परेका नेपाली हरुको लागी सकेको सहयोग गर्दै अगाडी बढेका यि दुई संघ अन्तत एक भएर अगाडी बढने भएका छन ।

ऐतिहासिक एकता सहितको १९औ माहधिबेशन यही अगस्ट १३ तारीख नागोया शहरमा भव्यताका साथ सम्पन गर्ने तयारी रहेको आयोजक मगर संघ का अध्यक्ष गंगा घर्ती मगर ले जानकारी दिनु भयो। ।लामो समयको प्रयास पछी प्रमुख रुपमा जापान मा रहेका यि दुई मगर संघ र अन्य क्षेत्रीय स्तर फुकुओका, सिजुओका र तोचिगीकेन जस्ता शहरहरुमा सक्रियरुपमा रहेका मगर संघहरू र नागोया मा रहेको लांगघाली समाज लगायत सबैको सहमति र सहकार्यमा जापानका सबै मगरहरूलाई केन्द्रीय नेतृत्व दिन सक्ने खालको बलियो कार्यसमिति गठन गर्ने गरी एकता सहितको ऐतिहासिक १९औँ महाधिवेशनको आयोजना हुन लागेको र यो जापानको हकमा एउटा अभुतपुर्व इतिहाँस हुने बिशवास राख्दै संघ का महासचिव लक्ष्मण घर्ती मगर ख़ुशी व्यकत गर्नु भयो ।

महासचिव घर्तिका अनुसार अगस्ट १३ तारीख हुने महाधिवेशन को लागी प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका विदेश विभाग प्रमुख तथा मगर अन्तराष्ट्रीय मन्चका सदस्य सचिव श्री रक्षा बहादुर रैका मगर अगस्ट १० तारीख जापान आउने जानकारी दिनु भयो ।
महाधिवेशनको उद्घाटन सत्रमा सांगीतिक कार्यक्रम पनि गरिने साथै मगर संघ लाई यहा सम्म ल्याई पुर्याउन अतुलनिय योगदान गर्नु भएका पुर्व अध्यक्ष ज्यु हरुलाई सम्मान गरिने कार्यक्रम रहेको महासचिव घर्ति मगर ले जानकारी गराउनु भयो । चर्चित गायिका लाली बुढाथोकी मगर, गायक भुवन सिं थापा , नृतय्गना मिरा दर्र्लामी मगर लगायतका मगर कलाकारहरूको सागितीक प्रस्तुति रहने छ । उनले थपे ( “अब हुने जापानको केन्द्रीय कार्यसमिति ले जापानभरको नेतृत्व गर्ने भएकोले महाधिवेशन भएको केही हप्ता वा महिनाभित्रै टोकियो र नागोयामा थप क्षेत्रीय संघहरू खोलिने छन । जापान मा रहेका क्षेत्रीय मगर संघ हरु सबै केन्द्रको नेतृत्वमा रहने छन ।”
महाधिबेशन मा अध्यक्ष को लागी अहिले सम्म रित राना मगर को नाम मात्रै एक्लो आईरहेको आयोजक ले जनाएको छ । महाधिवेशनको मिति सम्म अरु कसैको उम्मेदवार नआए निर्विरोध रीत राना मगरको नेतृत्वमा नयाँ कार्यसमिति बन्छ । तर त्यो अहिल्यै तोकेर भन्न सकिन्न । सबै महाधिवेशन पछी थाहा हुन्छ ।”
महाधिवेशनको लागी आउने सबै प्रतिनिधि तथा पर्यवेक्षकहरूको लागी खाने बस्नेको व्यवस्था आयोजकले नै गर्ने घर्ति मगरले बताउनु भएक छ ।