ॐ कारेश्वरमा महाशिव पुराण तथा बिराट ज्ञान महायज्ञ

चितवन २५ साउन । राप्ती नगरपालिका-५,भण्डारा,शिखर बस्ती स्थित ॐ कारेश्वर शिवालय मन्दिरले यही श्रावण २५ गते शुक्रबारदेखि भाद्र ४ गते सोमबार महाशिव पुराण तथा बिराट ज्ञान महायज्ञको आयोजना गरेको छ।
मन्दिर समितीका अध्यक्ष अग्निप्रसाद सिलवाल सभापति रहनु भएको सो कार्यक्रममा प्रमुख अतिथि देवघाटधाम स्थित गलेश्वर आश्रमका पीठाधिश अनन्तश्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यु महाराजज्यु रहनु भएको थियो। अठार पुराणका प्रखर बक्ता बाल ब्यास नारायण न्यौपानेज्यु प्रमुख बाचक रहनु भएको सो समारोहमा राप्ती नगरपालिकाका मेयर प्रभा बराल,उप मेयर इमानसिङ लामा बिशिस्ट अतिथी रहनु भएको थियो।
मन्दिर समितीका सदस्य तारकेश्वरनाथ सिंहले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको सो कार्यक्रममा वडा न.५ र ६ का वडा अध्यक्ष मेनुका पाठक तथा जलु महतो थारु अतिथी रहनु भएको। साथै सो कार्यक्रममा मोहन ओली, महाप्रसाद सिलवाल, भरत पाठक,सीताराम बल, धर्मराज कंडेल नित्यराज पाठक, बलराम बर्तौला, अनिता मैनाली आदिको उपस्थिति रहेको थियो।

 

Promise Education Consultancy