सिआईएनको ‘नेपाली जुटौँ बालविवाह रोकौँ’ सय दिने अभियान सम्पन्न

काठमाडौँ, २५ साउन । सामुदायिक रेडियो नेटवर्क सिआईएनले सञ्चालन गरेको ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने सय दिने अभियान सम्पन्न भएको छ । गत २३ वैैशाखबाट सुरु भएको अभियान राजधानीमा आज एक कार्यक्रमका गरी समापन गरिएको हो ।

बालविवाह बारे बनाइएको कार्यक्रमलाई देशभरका तीन सय १० वटा सामूदायिका रेडियोबाट प्रशारण गरिएको थियो । बालबिबाहबारे राष्ट्रपति, पूर्वप्रधानमन्त्री, सर्वसाधारण गरी ११ हजारको आवाजलाई कार्यक्रम मार्फत प्रस्तुत गरिएको सिआईएनका प्रमूख तथा यस अभियानका संयोजक दीपक आचार्यले बताउनुभयो । अवको चार वर्ष बालबिबाह विरूद्धको अभियान सञ्चालन गरी सरकारी लक्ष्य पुरा गर्न सघाउने सामूदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले बताउनुभयो ।

महिलाहरुको प्रजनन् स्वास्थ्य, उनीहरुको अधिकारलाई ध्यानमा राखेर २० वर्षपछि मात्र विहे गर्नुपर्छ भन्ने उद्धेश्यकासाथ अभियान सञ्चालन गरिएको हो । बढी बालविवाह हुने देशमा दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालमा ३३ प्रतिशत भन्दा बढीको बालविवाह हुने गरेको तथ्यांक छ ।

Promise Education Consultancy