विकृती,विसंगति मुक्त वडा वनाउन समिति गठन

चितनवन, २५ साउन । रत्ननगर नगरपालिका वडा नम्वर १५ लाई विकृती,विसंगति मुक्त वडा निर्माणका लागि एक समिति गठन गरिएको छ । अभियानको रुपमा विभिन्न कार्यक्रम संचालन गरेर वडालाई विकृती विसंगती मुक्त वडा वनाउने वडा कार्यालयको तयारी छ ।

विकृती विसंगति मुक्त वडाका लागि एक समिति समेत गठन गरिएको वडा सचिव सन्तोष थापाले जानकारी दिए । समितिको संयोजकमा रामवहादुर लामा तथा भोजराज लामिछाने,चेकमान वाईवा,होमप्रसाद भट्ट,दिनेश घलान,राधिका ढकाल,गोपाल नेपाल,ठाकुर पन्त,मनिषा विक,सुर्य लो र जिवन घलान सदस्य रहेका वडा सचिव थापाले वताए । समिति गठन अघि अभियानको सुभारम्भ गर्दै रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले ्विकृती र विसंगतिले समाजलाई पिरोलिरहेको सन्र्दभमा वडा कार्यालयले सुरुवात गरेको अभियान नमुनाको रुपमा रहने वताईन् । महिला र पुरुष दुवैबाट विकृती फैलिरहेको उनको भनाई थियो । प्रहरी सहायक निरीक्षक सयजित पासवानले छोराछोरी प्रति अभिभावकले निगरानी गर्नु पर्ने वताए ।

वडा अध्यक्ष हुमनाथ लामिछानेको अध्यक्षतामा भएको सुभारम्भ कार्यक्रममा समाजसेवी आशिष तामाङ,द्रोण लामिछाने,दण्डपाणी लामिछाने,शिवालय टोलकी अध्यक्ष रेणु ढकाल,वडा सदस्यहरु रामकृष्ण खड्का,रामवहादुर लामा,शिक्षाप्रेमी रमेश लामिछाने लगायतले विकृती ,विसंगतीमुक्त वडा वनाउने अभियानमा सक्रिय सहभागीता रहने प्रतिवद्धता जनाए । रत्ननगर १५ का वडाध्यक्ष लामिछानेका अनुसार यो अभियान अन्र्तगत नसालु पदार्थ सेवनको अन्त्य,जुवातासको अन्त्य,चेलिवेटी वेचविखन रोक,विद्यालय क्षेत्रबाट २ सय मिटरसम्म मध्यपान र धुम्रपान निषेधित क्षेत्र घोषणा,मदिरा पदार्थको वेचविखनको समय निर्धारण लगायतलाई आधार मानेर विकृती विसंगती मुक्त वडा घोषणा गरिने छ ।

Promise Education Consultancy