चितवन बारको चुनावमा १ सय ८३ मत खस्यो, मतगणना शुरु

चितवन, २५ साउन । जिल्ला बार एशोशियसन चितवनको २ वर्षे आगामी कार्यकालका लागि भएको मतदानमा १ सय ८३ जनाले मतदान गरेका छन्। कुल १ सय ९१ मतदाता रहेको चितवन बारमा ८ जनाले मतदान नगरेको निर्वाचन समिति संयोजक चुडामणी सापकोटाले जानकारी दिए ।

अहिले मतगणना जारी रहेको छ । साँझ ४ बजेर ४५ मिनेट पछि मतगणना समेत शुरु भएको हो । नेपाल वार एशोसियसन अन्र्तगतको जिल्ला तहमा भएको निर्वाचनमा शुक्रवार विहान ८ वजे देखि दिउँसो ४ वजे सम्म मतदान भएको थियो ।
अध्यक्षमा कमलराज पाठक र निलकष्ठ पराजुली विच प्रतिस्पर्धा छ ।पाठक पिएलए चितवनबाट र पराजुली डिएलए चितवनबाट प्रतिस्पर्धामा उत्रिएकबा हुन् ।

Promise Education Consultancy