कक्षा १२ मा डि प्लस आएकाले अब विएचएम र विसिएस चितवनमै पढ्न पाउने !

चितवन, २४ साउन । हालसालै प्रकाशित कक्षा १२ को परिक्षामा डि प्लस आएर विभिन्न प्राविधिक धारका स्नातक तह अध्ययन गर्न बञ्चित भएका विद्यार्थीहरुले प्राविधिक धारको स्नातक तहको अध्ययन चितवनमै गर्न पाउने भएका छन् ।
भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा अवस्थित फोव्र्स कलेजले विगत १ बर्षदेखि संचालन गरेको ब्याचलर इन हस्पिटालिटी, म्यानेजमेन्ट (विएचएम) तथा ब्याचलर इन कमप्युटर साइन्स (बिसिएस) ,नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरीटी कार्यक्रममा प्रत्येक विषयमा कम्तीमा डि प्लस ल्याएका विद्यार्थीहरुले भर्ना हुन पाउने कलेजका प्राचार्य दिपक गौतमले जानकारी दिनुभयो । कलेजमा अहिले ८० जना विद्यार्थीहरुले अध्ययन गरिरहेको पनि गौतमले जानकारी दिनुभयो ।
साथै एसइई, प्लस टुमा डि तथा इ ग्रेड भएका विद्यार्थीहरुले फोव्र्स कलेज तथा ज्ञानसुधा टेक्निकल कलेज रनपा २ मा डिप्लोमा ईन होटल म्यानेजमेन्ट एण्ड कलीनरी आर्टस अध्ययन गर्न पाउनेछन् । उनिहरुले ६ महिना कलेजमा अध्ययन पश्चात एक बर्ष स्वदेश तथा विदेश स्तरीय होटलहरुमा इन्टरसीप गर्न पाउने कलेजले जनाएको छ ।
हाल ६० जना भन्दा बढि विद्यार्थी विदेश तथा ४० जना भन्दा विद्यार्थी स्वदेश स्तरीय होटलहरुमा इन्टरसीप गरिरहेको कलेजका सह–प्राचार्य हरिशरण पाठकले जानकारी दिनुभयो ।

Promise Education Consultancy