चितवनमा ४३२ सहायक प्रहरी निरिक्षक दिक्षित , गृहमन्त्री बादलले प्रहरीलाई दिए यस्तो निर्देशन (फोटो फिचर)

चितवन, २५ साउन । भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयबाट ४ सय ३२ जना प्रशिक्षार्थीहरु दिक्षित भएका छन् । शिक्षालयमा संचालित प्रहरी सहायक निरिक्षकको १ सय ७४ औ समुहको आधारभुत तालिम पुरा गरेका ४ सय ३२ जना प्रहरी आज दिक्षित भएर कार्यक्षेत्र प्रवेश गरेका हुन् ।


तालीममा सहभागी ४४१ मध्ये ४३२ जना आज दीक्षित भएका छन् । अन्य नौमध्ये चार कारवाहीमा परेको, एकको मृत्यु भएको र चार स्वास्थ्यका कारण दीक्षान्त समारोहमा सहभागी हुन नसकेको बताइएको छ ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले समुदायप्रति हुने गरेका अमानवीय घटनाका पीडकलाई दण्डित गर्ने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहने बताए ।
उनले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन समेत दिए ।

प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले दिक्षित भएका प्रहरी सहायक निरिक्षकहरुलाई नागरिकको प्रहरीप्रतिको विश्वास र सामिप्यतालाई अझ प्रगाड बनाउने गरि कार्यक्षेत्रमा काम गर्न निर्देशन दिए ।

Promise Education Consultancy