बलात्कारीलाई यसरी गोली हानी क्रेनले झुन्ड्याइयो

नेपालमा बालिका बलात्कारका घटना दिनदिनै बढिरहेका छन् । विशेष गरेर आफ्नो यौन प्यास मेट्ने नाममा बालिकाहरुलाई यौन हिंसाको शिकार बनाउँदै ज्यान लिने क्रम पनि बढ्दो छ।

तर बलात्कारका घटना बढिरहँदा दोषीमाथि सजायका घटना भने कमै सनिन्छन् । बलात्कारीलाई फाँसी दिनुपर्ने आवाज उठे पनि जेल सजाय पनि छोटो समय हुने गरेको छ।

नेपालमा बलात्कारका घटना बढिरहँदा यमनबाट बलात्कारीलाई दिइएको कठोर सजायको एउटा समाचार आएको छ । यमनमा एक बालकबमाथि बलात्कारको मामिलामा दोषी ३ जनालाई दिइएको सजायले जोकसैको मुटु हल्लिन्छ । यो सजाय थाहा पाउनेले बलात्कारसहितका अपराध गर्न हजार पटक सोच्न बाध्य हुन्छ ।

यमनमा यी दोषीहरुलाई कयौँ मानिसका अगाडि गोली हानेर झुन्डाइएको छ । बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका यिनीहरुलाई पहिले गोली हानियो अनि एउटा क्रेनले झुन्डाइयो ।