परिवारभित्रै बलात्कारको त्रासः बुबाले छोरीलाई नातिले हजुरआमालाई !

काठमाडौं, २५ साउन । हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् ।बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ ।नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् ।

आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ ।

किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Promise Education Consultancy