एक अर्कालाई पहिचानको नाममा दोष दिने काम बन्द गरौँः मन्त्री दावादोर्जे (भिडियो)

 

चितवन, २४ साउन । प्रदेश नम्बर तीनका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले पहिचानको विषयलाई लिएर जातजातिको नाममा एक अर्कालाई दोसदिने काम बन्द गर्न आग्रह गर्नुभएको छ ।
विषेश गरि आदिवासी जनजातिको कार्यक्रममा ब्राह्मण जातिलाई विरोध गर्ने प्रसंगलाई लिएर मन्त्री लामाले यस्तो बताउनु भएको हो ।
आज ९विहिबार० नेपाल आदिवासी जनजाति महासंघ चितवनले नारायणगढमा आयोजना गरेको २४ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा बोल्दै मन्त्री लामाले एक अर्को समुदायलाई विरोध गरेर आफ्ना उपलब्धि रक्षा नहुने भन्दै सवैलाई समान रुपमा लिनुपर्ने बताउनुभयो । विकास र समृद्धिमा आदिवासी जनजाति समुदाय अग्रसर हुन उहाँले आग्रह समेत गर्नुभएको छ । संघिय सहितको बहुँपहिचानको खोजि गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा प्रदेश नम्वर तीनका सांसद रामलाल महत्तोले देशको परिवर्तनका लागि मधेस, थारु आन्दोलन गरेपनि आदीवासी जनजाति एक जुट हुन नसक्दा अधिकारहरु स्थापित हुन नसकेको बताउनु भएको छ । उहाँले राजनीतिक रुपमा विभिन्न पार्टीमा सम्लग्न भए पनि आदीवासीको मुद्धामा एक जुट हुनुपर्ने बताउनु भयो । अर्का प्रदेश सांसद रामबावु श्रेष्ठले प्रदेश नम्वर तीनमा आदीवासी जनजातिको संख्या बढी भए पनि प्रतिनिधित्वको हिसावले समाबेसिता हुन नसकेको बताउनु भएको छ । कार्यक्रममा उहाँले आदीवासी जनजातिका अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक रहेको बताउनु भयो ।

 

 

 

त्यस्तै प्रदेश नम्वर तीन अर्की प्रदेश सांसद रिना गुरुङले आदावासीको हक अधिकारका विषयमा बढि वकालत गर्ने राजनितिक दलहरुले आदीवासीको मुद्धा उठाउन छाठेको बताउनु भयो । उहाँले तत्कालिन माओवादी तर्फ संकेत गर्दै आदीवासी जनजातिका नाममा जातिय राज्य घोषणा गरे पनि नेतृत्वले नै पहिचानको मुद्धा छाड्दै गएको बताउनु भयो । कार्यक्रममा विश्व आदिवासी दिवसको दिन राज्यले विदा नदिएको प्रति दुखेसो समेत पोख्नुभयो ।

आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव राजकुमार बोटेले राजनितिक दलले आ आफ्नो स्वार्थमा लागेर आदीवासीको पहिचान समेत गुमाउन खोजेको आरोप लगाउनु भयो । उहाँले आदिवासी जनजातिका मातृभाषा लोप भएकाले यसको संरक्षण गर्न राज्य नै लाग्नु पर्ने बताउनु भयो ।
आदीवासी जनजाति महासंघ चितवनका अध्यक्ष सुरविर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, थारु कल्याणकारी समितिका महासचिव ललित चौधरी, राप्ति नगरपालिकाका उपप्रमुख इमानसिंह लामा, नेपाली कांग्रेशका भुपतिदास सापकोटा ,राप्रपा प्रजातिन्त्रका कोषाध्यक्ष प्रेम गैरै लगायतले बोल्नु भएको थियो ।

Promise Education Consultancy