रत्ननगर कर प्रकरण : विपक्षी दलसहित ७ दलले नगरपरिसरमा धर्ना दिदै सुरु गरे आन्दोलन

चितवन, साउन २४ । रत्ननगरमा रहेका सात राजनितिक दलहरुले नगरपालिकाले कर वृद्धी गरेको विरोधमा विहीवार धर्ना दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी वाहेक यहाँ रहेका सात राजनितिक दलहरु कर वृद्धीको विरोधमा आन्दोलित छन् । चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत उनीहरुले विहीवार रत्ननगर नगरपालिकाको कर शाखा अगाडी करिव आधा घण्टा धर्ना दिएका हुन् ।
काग्रेश नगर सभापति घिमिरे, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मेघराज ढकाल, ,राष्ट्रिय प्रजातान्त्रिक पार्टीका पिताम्वर आचार्य,राष्ट्रिय प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिकका गोविन्द अधिकारी, नेकपा मालेका नगर सचिव रामहरी लम्साल र देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठासहित नेता कार्यकर्ता धर्नामा सहभागी थिए ।
धर्ना दिदै उनीहरुले कर घटाउनु पर्ने,जनमतको कदर गर्नु पर्ने लगायतका नारा समेत लगाएका थिए ।

नगरपालिकाले अवैज्ञानिक ढंगबाट वढाएको करको विरुद्धमा सांकेतिक रुपमा विरोधस्वरुप धर्ना दिईएको नेपाली काग्रेश नगर सभापति रुपनराज घिमिरेले वताए । आन्दोलनका कार्यक्रम अनुसार शुक्रवार उनीहरुले कोण सभा गर्दैछन् ।
यसअघि बुधवार उनीहरुले वडा वडामा पुगेर कर नतिर्न आग्रह गरेका थिए । शुक्रबारसम्म पनि आफुहरुको माग सम्वोधन नभए आईतवारदेखी शशक्त आन्दोलन गर्ने उनीहरुले जनाएका छन् ।
करका प्रशासनिक प्रक्रियालाई सरल नवनाई साथै उठ्नु पर्ने सम्पती कर, व्यवसायिक कर,घरवहाल कर, मालपोत शुल्क आदिमा अस्वभाविक वृद्धि गरिएको, नगरपालिकाको विकास वजेटबाट विलाशिता झल्कने सवारी साधन खरिद गरी प्रयोग गरेको, प्रयोगका लागि अनुपयुक्त साधन प्रयोग विहीन वनाई थन्काएर राखेको, शिक्षा नियमावलीको उल्लंघन गर्दै सामुदायिक विद्यालयको व्यवस्थापन समितिमाथी आक्रमण गरेको, भ्रष्टचार विरुद्धको शुन्य सहनशिलताको नीतिलाई शशक्त रुपमा कार्यान्वयन गर्न नसकेको भन्दै दलहरुले नगरपालिकाप्रति असहमती जनाउँदै आएका छन् ।
यता नगरपालिकाले भने कर वृद्धी अस्वभाविक नभएको वताएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन कर वृद्धी अस्वभाविक नभएको दावी गर्दै जग्गाको मुल्यांकन अनुसार कर वढेको वताए ।

Promise Education Consultancy