राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सुझाव : विकासको गति बढाऊ

चितवन, साउन, २४ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।

आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आम रुपमा सरकारको विकासको गति अझै बढे हुन्थ्यो भन्ने छ, भन्नुभयो । सरकारको कामप्रति राष्ट्रियसभा सन्तुष्ट रहेको र विधेयकहरु चाँडो ल्याउन अध्यक्ष तिमिल्सिनाले सरकारलाई आग्रह गर्नुभयो ।

 

 

 

 

 

राष्ट्रियसभामा अहिले दुईवटा विधेयक टेबुल भएको र समय सीमा भित्रमा विधेयकहरु पारित हुने उहाँले बताउनुभयो । उहाँले देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने तथा सबैले आफ्नो पेशा, व्यवसाय निर्बाध रुपमा गर्न पाउनुपर्ने बताउनुभयो । कुनै पनि समस्या विधि र कानूनसम्मत ढङ्गबाट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

Promise Education Consultancy