ज्यानै जान सक्ने संसारका खतरनाक कामहरु

 

काठमाडौं, जब हामी धेरै पैसा कमाउन चाहन्छौ केही जोखिम मोल्नु हपर्ने हुन्छ । संसारमा यस्ता काम पनि छन् जहाँ पैसा धेरै कमाइ हुन्छ, तर ज्यानको भने बाजी थाप्नु पर्छ । यहाँ हामी संसारका केही खतरनाक कामका बारेमा चर्चा गर्ने छौं । जुन काम गर्दा मानिसको ज्यान जान सक्छ

माछा मार्नेः संसारको खतरनाक काममध्ये एक माछा मार्ने पनि हो । माझीहरूले बेमौसममा पनि माछा समात्नुपर्छ । कहिले बर्खा, कहिले तूफान र जाडोमा पनि काम गर्नुपर्ने हुन्छ र ज्यान जान्छ ।

गाइडः पर्वतारोहीलाई गाइड गर्ने मानिसले बाटो देखाउने मात्र नभई सुरक्षा पनि दिनुपर्ने हुन्छ । कहिलेकाहीँ भारी सामान पनि बोक्नुपर्छ ।

बुल राइडः बुल राइडरले साढेमाथि बसेर त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । राइडर लडेर चोटपटक लाग्ने सम्भावना धेरै हुन्छ ।

 

दाउरा काट्ने कामः दाउरा काट्ने काम पनि खतरनाक हो । कहिलेकाहीँ रुख नै मानिसमाथि लडेर मानिसको मृत्यु हुन्

निर्माणको कामः निर्माण मजदुरले भारी सामान उठाउनुपर्छ । साइट बनाउने क्रममा लडेर धेरै मजदुरको मृत्यु हुन्छ ।

युद्ध रिर्पोटिङः युद्धको समाचार कभर गर्ने संवाददाताले पनि पाठकलाई युद्ध भइरहेको ठाउँको जानकारी दिन्छ । तर कहिलेकाहीँ त्यहाँ खतरनाक स्थिति आएर संवाददातामाथि नै आक्रमण पनि हुन सक्छ ।

Promise Education Consultancy