इच्छाकामनामा काठ चोरी गर्ने ४ जना पक्राउ

चितवन, २४ साउन । चितवनमा संरक्षित वन क्षेत्रबाट काठ तस्कर गर्ने ४ जना पक्राउ परेका छन् ।

काठ चोरी गरिरहेको अवस्थामा जिल्ला वन कार्यलय चितवनको एक टोलीले ४ जना लाई पक्राउ गरेको हो ।
वन कार्यलयको नियमित गस्तीको क्रममा गएराति ११ बजे १५ क्युफिट काठ सहित इच्छाकामना गाँउपालिका ७ गर्दास बाट उनिहरुलाई पक्राउ गरेको कार्यालयका सुचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पक्राउ पर्नेमा स्थानिय विजय प्रजा, दिल बहादुर प्रजा, जगदिश प्रजा र दिपक प्रजा रहेको उनले बताए ।
पक्राउ परेका ४ जनालाई जिल्ला वन कार्यलयको नियन्त्रमा राखि थप अनुसन्धानपछि आवश्यक कार्वाही गर्ने वन कार्यालय चितवनले जनाएको छ । फाईल फाटो