३ नम्बर प्रदेशले यस्तो गर्यो मन्त्रीपरिषद्को निर्णय, हेरौँ पुरा निर्णय

हेटौंडा, २३ साउन ।  प्रदेश तीनको मंत्रीपरिषद बैठक बुधबार बसेको छ । हेटौंडा स्थित मुख्यमंत्री तथा मंत्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश ३ सरकारले छ महिनाको अवधीमा गरेको कामबाट मात्रै ‘पूर्ण सन्तुष्ट’ हुने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।

हालसम्मका कामको समीक्षा गर्न आयोजित मन्त्रीपरिषद् बैठकले ‘सन्तोषजनक’ मात्रै रहेको समिक्षा गरेको हो ।‘पूर्ण रुपमा सन्तुष्ट भन्न त मिल्दैन तर असन्तुष्ट हुने ठाउँ पनि छैन,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘यो अवधीमा भएका कामहरु सन्तोषजनक छ, कामको स्पिड ठिक छ भन्ने हो ।’

उनले बैठकमा विगतको कामको समिक्षा र आगामी दिनमा कसरी जानेबारे योजना सुनाइएको बताए ।बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, सामाजिक विकास मन्त्री युवराज दुलाल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहभागी थिए ।

बुधबारको बैठकमा सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल अनुपस्थित थिए ।प्रदेशको लागि तय भएको कर्मचारी संगठन संरचना पुर्नमूल्याकंन गर्न संघीय सरकारलाई लेख्नेबारे पनि छलफल भएको छ ।

यसैबीच बुधबारको मन्त्रीपरिषद् बैठकले ३ विधेयक स्वीकृत गरी प्रदेश सभा पठाउने निर्णय गरेको छ ।प्रादेशिक स्वास्थ्य तथा पोषणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कानून सचिव इन्दिरा दाहाल भट्टराईले जानकारी दिइन् ।यसअघि प्रदेश सभा सचिवालयमा ३ विधेयक दर्ता भइसकेका छन् ।

Promise Education Consultancy