इन्फोसिस केआइईसी चितवन शाखाले एक दिने सेमिनार गर्ने

चितवन, २३ साउन । शैक्षिक परामर्श क्षेत्रमा १२ बर्षे इतिहास बोकेको काठमाडौँ इन्फोसिस के आइ.ई.सी चितवन शाखाले अष्ट्रेलिया अध्ययनबारे एक दिने सेमिनार गर्ने भएको छ । वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि सेमिनार साउन २६ गते लाईन्सचोकमा गर्ने ब्रान्च निर्देशक विवेक फुयालले बताए ।
लाईन्सचोक स्थित आफ्नै कार्यालय परिसरमा विहान १२ बजे देखि दिउँसो सम्म कार्यक्रमको आयोजना गरिने छ । कप्लान विजनेश स्कुलका प्रतिनिधिसंग प्रतक्ष्य भेट गरेर कलेजले प्रदान गर्ने कोर्ष,लाग्ने शुल्क, अध्ययन, जिज्ञसा, लगायत कलेज बारे सम्पूर्ण जानकारी राख्न पाउने छन् । विजनेस एकाउन्टिन, फाइनान्स, मार्केटीङ, म्यानेजमेन्ट, हस्पीट्यालिटी, टुरिजम विषयका कोर्षहरुका बारेमा पनि विद्यार्थीहरुले प्रतक्ष्य जानकारी पाउने छन् । उक्त कलेजमा ब्याचलर र मास्टरका दुबै तहहरु उपलब्ध छ । यसका कलेजहरु अष्ट्रेलियाको विभिन्न शहरहरुमा समेत उपलब्ध छ । अन्य युनिभरसिटी भन्दा शुल्क निकै सस्तो रहेको छ ।
एक दिन चल्ने सेमिनारमा मुख्यतय प्लस टु सकेका विद्यार्थी लक्षित रहने निर्देशक विवेक फुयालले बताए । । पछिल्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको शैक्षिक गन्तव्य बनीहरेको बेला सही परामर्श र सही निर्देशन आजको चुनौती बनीरहेको ईक्यान नेपालका उपाध्यक्ष तथा के आई.इ.सीका सिओ राजेन्द्र रिजाल बताउँछन् ।
के.आइ.ई.सी. चितवनका व्रिटिस कान्सिलद्धारा अवार्ड जितेका प्रशिक्षकद्धारा आईईएलटिएस को कक्षा पनि संचालन भईरहेको र हरेक आईतबार अंक टेष्टको पनि व्यवस्था गरेको उक्त कन्सलटेन्सीका संचालकले जानकारी दिए ।

Promise Education Consultancy