भू–संरक्षण दिवशको अवसर पारेर ज्ञानदर्शन स्कुलद्वारा वृक्षारोपण

जिबन रानाभाट

चितवन २३ साउन । भू–संरक्षण दिवसको अवर पारेर ज्ञानदर्शन इंङ्गलिस माध्यमिक विद्यालयको इको क्लबले भरतपुर ११ मा रहेको कामना टोल तथा वरपरका अन्य समुदायलाइ लक्षित गरेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थी तथा समुदायमा भू–सरक्षण सम्बन्धि जनचेतना जगाएको भन्दै कार्यक्रम अत्यन्तै प्रभावकारी भएको विद्यालयका प्राचार्य मनिष घिमिरेले बताउनुभयो ।


सो कार्यक्रममा कामना टोल सुधार समिती भरतपुर ११ का अदक्ष्य भरत अधिकारी, सचिव नारायणप्रसाद दवाडी लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।
विद्यार्थीहरुको उल्लेखनिय सहभागितामा सदावहार वृक्ष अन्तर्गत पर्ने कपुर र म्याङ्गोस्टिकको विरुवाहरु रोपिएका सोही विद्यालयका अत्तिरिक्त क्रियाकलाप प्रमुख प्रदिप कुमार करले बताउनुभयो ।