पोखरा बसपार्कमा डिआर मोबाइल

चितवन, २३ साउन । बजारमा माग भएका विभिन्न ब्राण्डका मोबाइल बिक्री गर्ने उद्देश्यले नारायणगढको पोखरा बसपार्कमा डिआर मोबाइलको नयाँ शो रुम सञ्चालनमा आएको छ ।
मोबाइल तथा इलेक्ट्रोनिक्स सामान बिक्री गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको शोरुमको उद्घाटन उद्योग वाणिज्य संघ प्रदेश नम्बर ३ का उपाध्यक्ष एवम् उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजन गौतमले गरेका हुन् ।

 

 

 

 

 

नारायणगढका तीन जना युवाहरुले करिब ३० लाख रुपैयाँको लागतमा मोबाइल पसल सञ्चालनमा ल्याएका हुन् ।


बुधबार उद्घाटन गरिएको सो मोबाइल पसलमा एक हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको मोबाइल पाउनुका साथै जस्तो सुकै मोबाइलको मर्मत समेत गरिने सञ्चालक दिलिप रेग्मीले बताए । बुधबार मोबाइल पसलको उद्घाटन गर्दै गौतमले युवाहरु दैनिक विदेश जाने प्रवृत्ति बढेको कारण युवाहरुलाई स्वदेशमा नै राख्नको लागि सरकारले समेत विशेष व्यवस्था ल्याउनुपर्ने बताए ।

युवाहरुले रोजगार भन्दा पनि स्वरोजगारतर्फ आकर्षित हुनुपर्नेमा जोड दिँदै यसको लागि आफूले समेत सहयोग गर्ने गौतमको भनाइ थियो ।
यस्ता व्यवसायको प्रवद्र्धन गर्नुपर्ने भन्दै गौतमले युवाहरुले स्वदेशमै केही गर्न सक्छ भन्ने उदाहरण भएको बताए ।

व्यवसायको प्रगतिको कामना गर्दै गौतमले यसले विदेश जाने मोहबाट युवालाई रोक्न सकिने बताए । मोबाइल पसल उद्घाटन कार्यक्रममा मोडल बिक्रम कंडेल समेत उपस्थित थिए । ग्राहकलाई लक्षित गरी यस शोरुमबाट ओप्पो, सामसुङ, आइफोन, लाभालगायतका सबै ब्राण्डका मोबाइल बिक्री गरिने छ ।