मेयर रेनुको व्यवस्थित शहर निर्माण अभियानमा सक्रिय बन्दै भृकुटीपथका स्थानिय, घरमा एकै खालको कलर गर्ने तयारी

 

चितवन, २३ साउन । चितवनको भरतपुर महानगरपालिका मेयर रेनु दाहालले व्यवस्थित शहर निर्माण अभियानले तीव्रता पाएको छ । विशेष गरि जिल्लाकै सदमुकामसगैँ रहेको नारायणगढ बजार क्षेत्रका विभिन्न ठाउँमा यतिवेला स्थानियहरु नै मेयर रेनुको अभियान सफल बनाउन जुटेका छन् ।


सुन्दर नमुना शहर नारायणगढ बनाउन यतिवेला भृकुटी पथका स्थानियहरु अग्रसर बनेका छन् ।  नारायणगढकै व्यवस्थित र नमुना सडकको रुपमा विकास गर्न भृकुटी पथका स्थानियहरु अग्रसर भएका हुन् ।

नमुना शहर बनाउन महानगरको एक्लै नभई स्थानियहरु पनि आफै अग्रसर हुनुपर्छ  भन्दै टोल विकास संस्था आफैले मेहनत गरेर बनाएको भृकटी पथको सडक निकै नमुना र सुन्दर बनाएका छन् ।

भृकुटी पथ टोल विकास संस्थाले महानगरको ६७ प्रतिशत वजेट र ३३ प्रतिशत स्थानियहरुबाट संकलन गरि कुल ९५ लाख रुपैयाँ खर्च गरी सडक निमार्ण भएको र सडक भरतपुर महानगरकै निकै व्यवस्थित र नमुना बनेको टोल विकास संस्थाका अध्यक्ष विनय श्रेष्ठले बताए ।

स्थानिय बासिन्दाहरुलाई जागरुक बनाएर पैसा संकलन गरि अपाङग मैत्री बजार निमार्ण, सडक निमार्ण, सडक पेटी निमार्ण, नाला व्यवस्थापन देखि हरियाली बजार निमार्णका लागी क्यारी निमार्ण गरी बिरुवा रोप्ने काम र जेव्राक्रसीगं निमार्णसंगै व्यवस्थित पार्कीको व्यवस्थापन गरेको उनको भनाई छ ।
हामीले अरु मुख्य मात्रै ताक्ने होईन् आफ्नो टोल गाउँ आफै बनाउपर्छ भन्ने उद्देश्य राख्दै महानगरकी मेयर रेनु दाहालको अभियान समेत सफल बनाउन आफुहरु सक्रिय भएको उनले बताए ।
स्थानिय बासिन्दा र व्यापारीको सहयोगबाट सडक र बजार क्षेत्र निकै सुन्दर बनेको उनी बताउनुहन्छ ।
अझ सुन्दर बनाउन भ्ृाकुटी पथ सडकको दुवैै किनाराका घरहरुमा एउटै रंग लगाईने, त्यहा भएका सडकका तारहरु ब्यवस्थापन गर्ने, पसलका होडिगं बोडहरुको एउटै साईज तोकी सबैलाई डिजिटल बनाउन लगाएर भृकुटी पथको बजार नेपालकै नमुना र एक पटक जानै पर्ने बजारका रुपमा विकास गर्ने आफनो लक्ष्य रहेको उहाको भनाई छ ।


उनले महानगरले साथ थप आवश्यक रहेको भन्दै अझै धेरै काम गर्ने र अरु टोललाई पनि सुन्दर बनाउने आफनो चाहाना रहेको भनाई राखे ।
आफनो क्षेत्रमा ३७ घर र ८० वटा पसलहरु रहेको र सबैले बजार विकासमा साथ दिएको उनी बताउछन् ।
३ वर्ष अगाडी महानगरकै सबै भन्दा फोहोर आलु बजार र भैसी बजारका रुपमा परिचित बनेको सडक र बजार क्षेत्र ३ वर्षमा पुरै फेरिएको र अहिले महानगरकै नमुना, सडक ब्यवस्थीत र सफा बजारको रुपमा विकास भएको स्थानिय निशा साडी सोरुमका सन्चालक देबेन्द्र अग्रवालले बताए ।
सडकलाई निकै व्यवस्थित र सुन्दर बनाउन आफुहरु निकै क्रियासिल भएर लागेको उनको भनाइृ छ ।

Promise Education Consultancy