रत्ननगर भानुचोकमा भयानक दुर्घटना हुदाँ ४ को मुत्यु, १७ घाईते (फोटोफिचर)

केशव चालिसे
चितवन, २३ साउन । पूर्वी चितवनको रत्ननगर १० भानुचोकमा बस र ट्रक एक आपसमा ठक्कर खादाँ चार जनाको मृृृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।
गएराति काठमाडौबाट काकडभिट्टा जादै गरेको ना ६ ख १७४१ नम्बरको मकालु यातायातको यात्रुबाहक बस र नारायणगढ तर्फ आऊदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एक आपसमा ठोकिदा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।


दुर्घटनामा परि ट्रक चालक रौतहट चन्द्रपुरका ३० वर्षीय बुद्धीमान लामा, सह–चालक चन्द्रपुरकै ३४ वर्षीय मोहन घिसिङ र बसका यात्रु काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ भुमली नगरपालिका बस्ने बर्ष ४२ को तारा बराल रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नयाब उपरिक्षक प्रभु ढकालले जानकारी दिए ।
यस्तै दुर्घटना परि दुई जनाको नुवाकोट रामीपैवा ३ बस्ने बर्ष ५५को शेर बहादुर लामा र मकवानपुर हेटौडा १७ बस्ने बर्ष ६० को लोकनाथ न्यौपाने गम्भीर घाईते भएको समेत उनले बताए ।


घाईतेहरु र मतृक मध्ये ७ जना चितवन मेडिकल कलेज (नयाँ मेडिकल) र १४ जनाको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल) कलेजमा उपचार भईरहको छ ।


जस मध्ये नयाँ मेडिकल कलेजमा उपचार गरेका ३ जना र पुरानो मेडिकल कलेजका १ जना गरि ४ जनाको उपचारको क्रममा मुत्यु भएको हो । घटना बारेमा चितवन प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

 

 

 मृतकहरू र घाईतेहरूको हालसम्मको अवस्था :–

मृतकहरू :-

  1. ट्रक सह चालक जि.रौतहट चन्द्रपुर न.पा.२ बस्ने वर्ष ३० को बुद्धीमान लामा (पुरानो मेडीकल कलेजमा) ।
  2. जि.काठमाण्डौ थानकोट ३ बस्ने वर्ष ४८ को विष्णु प्र.थापा (चितवन मेडीकल कलेजमा) ।
  3. ट्रक चालक :- जि. रौतहट चन्द्रपुर न.पा. २ बस्ने बर्ष ३४ को मोहन घिसिङ (चितवन मेडीकल कलेजमा) ।
  4. जिल्ला ताप्‍लेजुङ फुङलीङ न.पा. वडा नं.१ बस्ने बर्ष ४२ की तारा बराल (चितवन मेडीकल कलेजमा) ।

घाईतेहरू :-

पुरानो मेडिकल कलेज :-

  1. जि.झापा दमक न.पा.३ बस्ने वर्ष ३८ को हिमालय दाहाल – सामान्य
  2. जि.सुनसुरी चन्द्र न.पा.२ बस्ने वर्ष ३१ को योगेन्द्र गौतम – मध्यम
  3. जि.ईलाम मापु गा.पा. ३ बस्ने वर्ष ३३ की कुलमाया लिम्बु – मध्यम
  4. जि.चितवन राप्ति न.पा.३ बस्ने वर्ष ६९ को बुद्धीमान परियार – मध्यम
  5. जि.झापा सिबसतासी न.पा. ३ बस्ने वर्ष ३४ को डम्बर ब. बैलकोटी – मध्यम
  6. जि.तैरथुम मेघलुग न.पा.१० बस्ने वर्ष २७ को महेन्द्र श्रेष्ठ – सामान्य
  7. जि.मोरङ मुलाबारी ५ बस्ने वर्ष ३० को नविन श्रेष्ठ – मध्यम
  8. भारत विहार मोतिहार जि.कटिहार गाउ बस्ने वर्ष ३८ की सुनिता देवि चौधरी – मध्यम
  9. जि.झापा दमक न.पा. ८ बस्ने वर्ष ४० को श्रीकान्त शर्मा – मध्यम
  10. जि.मोरङ विराटनगर म.न.पा. ८ बस्ने वर्ष ४५ को भनेश्वर गुप्ता – सामान्य
  11. जि.झापा बुद्धिशान्ति न.पा. ५ बस्ने वर्ष ३० को दिपक लिम्बु – मध्यम

 

  1. भारत विहार मोतिहारी जि. श्रीपुर कबरीया गांउ बस्ने वर्ष २३ की कुशब जसवाल – सामान्य
  2. बसको कन्डक्टर जिल्ला धादिङ कुम्पुर ३ वस्ने वर्ष ३१ को ऋषी थपलिया – मध्यम

 

नयां मेडिकल कलेज :-

  1. जि.नुवाकोट रानीपवा ३ बस्ने वर्ष ५५ को शेर बःलामा – गम्भिर
  2. जि.मकवानपुर हे.न.पा.१७ बस्ने वर्ष ६० को लोकनाथ न्यौपाने – गम्भिर
  3. जि.चितवन भरतपुर म.न.पा. ८ बस्ने वर्ष १६ को मिलन कार्की – गम्भिर
  4. जि.धादिङ मलेखु ४ बस्ने वर्ष २६ को हिमाल थापा – मध्यम

Promise Education Consultancy