स्तनपान गराउन जान्दैनन् आमाहरु

कुरिनटार, २२ साउन ।बच्चाहरुका लागि स्तनपान महत्वपूर्ण हुन्छ । तर सही तरिकाले स्तनपान गराउन नजान्दा बच्चाहरुले आमाको दुध राम्रो संग चुस्न सक्दैनन् । नेपालमा आमाहरूले स्तनपान गराउन नजानेकै कारण बच्चाहरू दूध खान नमान्ने, झगडालु हुने र कुपोषणको सिकार बन्ने गरेका छन् ।
चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकामा पनि कतीपय आमाहरुले स्तनपान गर्न नजानेको पाइएको छ । २६ औँ विश्व सप्ताह २०१८ अन्तरगत मंगलबार इच्छाकामना गाउँपालिका ४ कुरिनटार स्थित दारेचोक स्वास्थ्यचौकीमा सम्पन्न अन्तरकृया कार्यक्रममा सहभागी कतीपय आमाहरुले स्तनपान गर्न नजान्ने पाइएको हो ।
स्वास्थ्य शाखा ईच्छाकामनाका संयोजक धनकुमार खड्काले विश्व स्तनपान सप्ताह मनाइरहँदा स्वास्थ्य सन्देशको प्रचार–प्रचारको क्रममा कतीपय आमाहरूले स्तनपान गराउन नजानेको पाइएको बताए ।
यस्तै दारेचोक स्वास्थ्यचौकी कुरिनटारका इन्चार्ज हरि देवकोटाले सप्ताहका क्रममा स्वास्थ्यचौकीमा आएका आमा तथा गर्भवती महिलाहरुलाई स्तनपान तथा स्वास्थ्य शिक्षा दिएको बताए । कतीपय आमाहरुले अझै पनि स्तनपानको महत्व र कसरी गराउने बारे थाहा नभएको उनले बताए ।
वडा न ५ का अध्यक्ष मोदराज सिलवालको अध्यक्षता तथा गाउँपालिकाका नि. प्रशासकिय अधिकृत दिपक सिग्देल लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक धनकुमार खड्का, दारेचोक स्वास्थ्य चौकीका इन्चार्ज हरिदेवकोटा, विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ)का सागर शाक्य र ईच्छाकामना स्वास्थ्य शाखाका स–संयोजक शुरेस थापाले स्तनपानको परिचय विगौती दुध र यसको महत्व, स्तनपान नगराउँदाको जोखिम, स्तनपानको सही आसन र सम्पर्क लगायतका बारेमा सहभागी गर्भवती तथा सुत्केरी महिलाहरुलाई जानकारी दिएका थिए ।

Promise Education Consultancy