चितवनका सञ्चारकर्मीले बनाउदैछन् चलचित्र नसा, छायांकन शुरु

अभिषेक शर्मा

चितवन २२ साउन । नेपाली कथानक चलचित्र नसा दि डार्क लाइफ को चितवनमा छायांकन सुरु भएको छ ।  चलचित्र नशाको होटल स्टार ब्यनकोएट मा  एक समारोह बिच चलचित्र शुभमुरत गरिएको हो ।  नशामा, बढ्दो रुपमा जरा गाडेको लागु औषधलाई मुख्य विषयबस्तु बनाइएको छ ।
देवआर एन, मोडल रेश्मा सुबेदी साथै सुबास भट्ट, टेलिभिजन कलाकार मुस्कान काप्री,नविन के शर्मा , बिनय ढुंगाना , रुपा केसी अन्जु पौडेल, अस्मु पौडेल, सरिता गैरे, नकुल परियार ,प्रमिला विक, प्रतिभा शर्मा संचारकर्मी अभिषेक शर्मा लगायत अन्य कलाकारको भूमिका रहेको छ ।
जसमा निर्माता मुस्कान काप्री, कार्यकारी निर्माता बिनय ढुंगाना सह निर्माता सुमन पौडेल नविन के शर्मा रहेका छन् ।
चलचित्रको कथालेखन नविन के शर्माको रहेको छ । देब आर . एन  राज शर्मा (नशाको मुख्य पात्र भूमिका मा देखिदै  छन् भने सुभाष भट्ट दोस्रो  पात्र कोरुप मा अभिनय गर्दै छन्। चलचित्र नशा ले  अहिले को  परिवेशलाइ एकदमै राम्रो   सन्देस  दिने  कार्यकारी निर्माता बिनय ढुंगानाले जनाउनु भयो  । भने छायांकन टेलिभिजनकर्मी नेत्र गुरुङले गरेका छन् । चलचित्र नसालाई एलेक्स रानाले निर्देशन गरेका छन् । चलचित्र चितवनको विभिन्न स्थानमा छायाकंन गर्ने निर्माण पक्षले जनाएको छ ।

Promise Education Consultancy