हेपाटाइटिसइका लक्षणहरु यस्ता छन्

हेपाटाइटिस इ हाम्रा लागी नयाँ रोग हुनसक्छ । हेपाटाइटिस बि र सी बारेमा हामीलाई जानकारी हुने गरेता पनि हामीलाई इ बारेमा त्यति जानकारी हुदैन । पछिल्लो समय हेपाटाइटिस इका बिरामीहरुको संख्या बढ्दै गएको छ । यस रोगको समयमा नै उपचार गर्न सकिएन भने यसले गर्दा मानिसको ज्यान पनि जाने गर्छ । त्यसैले यस रोगको लक्षण देखापर्ने बित्तिकै जाँच गराई हाल्नुपर्छ । यो एक प्रकारको सरुवा रोग हो । त्यसैले यदि घरमा कसैलाई यस समस्याले सताएको छ भने अरु सदस्यहरु सचेत हुनुपर्छ ।

हेपाटाइटिसका लक्षणहरु यस प्रकार छन् :

१. आँखाको सेतो भाग पहेँलो देखिनु

२. बान्ता हुनु वा वाकवाक लाग्नु

३. पेट दुख्नु वा पेटको दाँया भाग भारी हुनु

४. खान मन नलाग्नु

५. पिसाब गाडा पहेँलो हुनु

६. दिसा खैरो देखिनु

७. ज्वरो आउनु

८. जिउ अलश्य हुनु ।

Promise Education Consultancy