राजधानमै बालिका बलात्कृत

काठमाडौँ, २२ साउन । १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमल्सिना पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार मिमल्सिनाले शनिबार राति ११ बजे बालिका सुत्ने कोठामा र्ग बलात्कार गरेका थिए ।

बृत्त प्रमुख डिएसी श्याम राईले तिमल्सिनालाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताए ।
हरि तिमल्सिालाई पक्राउ गरिएको छ । अनुसन्धान हुँदैछ । उनलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको हो, उनले भने । आजको नयाँपत्रिकामा खबर छ ।

Promise Education Consultancy