कक्षा १२ नतिजा : स्काइराइडरआमाविका अभाष, कपिल र ईश्वर क्रमश : जिल्ला प्रथम, सर्वोत्कृष्ट र पूर्वी चितवन प्रथम

 

चितवन, १९ साउन । पूर्वी चितवन रत्ननगरको स्थापित अब्बल शैक्षिक संस्था स्काइराइडर आवासीय माविका विद्यार्थी कक्षा १२ को परिक्षामा जिल्ला प्रथम भएका छन् ।
भने एक विद्यार्थी जीवविज्ञान सर्वोत्कृष्ट र अर्को एक विद्यार्थी व्यवस्थापन संकायमा पूर्वी चितवन प्रथम भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले लिएको यस वर्षको कक्षा १२ को परीक्षामा विज्ञान संकाय तर्फ आभाष श्रेष्ठले ३.८५ जिपिए ल्याउदै जिल्ला प्रथम, कपिल सिम्खडा जीवविज्ञानमा ३.७९ जिपिए ल्याउदै सर्वोत्कृष्ट र ईश्वर श्रेष्ठ व्यवस्थापन संकायमा ३.६८ जिपिए ल्याउदै पूर्वी चितवन प्रथम भएको विद्यालयका प्राचार्य मदन पुरीले जानकारी दिए ।


विगतको ईतिहास कायम राख्दै यस बर्ष पनि स्काइराइडर आवासीय माविका आफ्ना विद्यार्थीले उत्कृष्ट अंक ल्याएर गौरव बढाएको उनले बताए ।
विद्यार्थीको मिहिनेत र लगनशीलताका साथउत्कृष्ट नतिजापाएको भन्दै शैक्षिक गुणस्तरमा सम्झौता नगरे कै कारण नतिजा राम्रो आएको उनको स्पष्टयुक्ती थियो । राष्ट्रिय परीक्षा बोर्डले साउन १७ गते कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । यसैविच उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरुलाई विद्यालयले एक कार्यक्रम गरि सम्मान समेत गरेको छ ।

Promise Education Consultancy