नेपाल भ्रमणलाई सफल बनाउन टोकियो विशेष कार्यक्रम

 

विश्वास आचार्य

टोकियो, २० साउन । जापानको टोकियोमा नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरूको भुमिका बिषयक एक दिने विचार गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल भ्रमण २०२० लाई लक्षित गरी गरिएको थियो । कार्यक्रम संचालन बाबुराम पौडेलले गरेका थिए । कार्यक्रमको सभापति सुदूरपश्चिम नेपाल जापानका अध्यक्ष एकेन्द्र थापा कार्यक्रमको प्रमुख अतिथि नेपाली दुतावास उपनियोग प्रमुख प्रमुख कृष्णचन्द्र अर्याल, विशेष अतिथि पर्यटन मन्त्रालय का उपसचिब पुष्प कटुवाल यसैगरी जापानमा रहेका सस्था हरुको प्रतिनिधित्व गर्दै एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी अतिथि रहनु भएकोथियो ।

कार्यक्रम संचालन गर्ने क्रममा कार्यक्रमलाई दुई फेसमा छुट्याइएको थियो पहिलो फेसमा प्रस्तुतिलाई र दोस्रो फेसमा अन्तरक्रियालाई समावेश गरिएको थियो पहिलो फेसको कार्यक्रम अन्तर्गत आफ्नो प्रस्तुती कार्यक्रमका संयोजक बिष्णु खनालले प्रस्तुती दिनुभएको थियो ।
प्रस्तुतीमा नेपालको पर्यटन प्रर्वद्धनमा अवसर सम्भावना र चुनौतीका बारेमा चर्चा गर्नुभएको थियो । यस्तै आफ्नो प्रस्तुती दिने अर्को व्यक्ति हुनुहुन्थ्यो कार्यक्रम संयोजक विशेष रेग्मी उहाँले आफ्नो प्रस्तुतिमा श्रीलंका सरकारले पर्यटन विकासमा गरेको कामबाट उदाहरण दिँदै हामी नेपालीहरुले पनि बाटोबाट नेपालको पर्यटन प्रबर्द्धन विकास गर्नसकिने बताउनुभयो । अर्का प्रस्तुतकर्ता हुनुन्थ्यो सन्जिब राज खनाल ले जापानमा रहेको शिराकावा भिलेजको उदाहरण दिँदै नेपालले पनि त्यो ठाउँ जस्तैगरी पर्यटन प्रवर्द्धनमा अगाडि जान सकिने बताउनुभयो ।

कार्यक्रमलाई दोस्रो फेसको सञ्चालन डा भरत निधिले गर्नुभएको थियो ।
कार्यक्रम अन्तरक्रियामा जोड दिएको थियो अन्तरक्रिया गर्ने क्रममा नेपाली दूतावासको तर्फबाट उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल त्यसैगरेर नेपाल सरकार पर्यटन मन्त्रालयको उपसचिव पुष्प कटुवाल र नेपालीहरूको एकमात्रै साझा संस्था एनआरएनए जापानका वरिष्ठ उपाधक्ष्य देवीलाल भण्डारी साथै विशिष्ट व्यक्तित्व देब काफ्ले जिज्ञासा कर्ताहरूको जिज्ञासा मेटाउने प्रयास गर्नुभएको थियो जिज्ञासा मेटाउने क्रममा एनआरएनए जापानका वरिष्ठ उपाधक्ष्य देवीलाल भण्डारी ज्युले अहिले हुनलागेको फेस्टिबल पहिलाभन्दा अलि फरक तरिकाबाट हुन गएको बताउनुभयो ।

जिज्ञासा कर्ताहरूको जिज्ञासा मेटाउने क्रममा दूतावास उपनिवेश उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जापानमा पहिलाभन्दा धेरै फरक तरिकाबाट दूतावास लागिपरेको बताउनुभयो ।
जिज्ञासा कर्ताहरू लाई पहिलाको कुराभन्दा अहिलेको कुरा कुरालाई बढी फोकस गर्न अनुरोध पनि गर्नुभयो । पहिलाका गल्तीहरुलाई सच्याउँदै दूतावास अहिले नेपालीहरूको समस्या सावधान गर्न तयार हुँदै गएको बताउनुभयो ।
अहिलेबाट नेपाल सरकारले पनि जापानबाट नेपाल भ्रमणमा जाँदा खेरि अनलाइन सिस्टमबाट अनलाइन भिसा उपलब्ध गराउन थालेको बताउनुभयो ।