देवघाट झोलुङ्गे पुलबाट एक युवाले श्रीमतीका कारण हामफाले…

आशिक राना
देवघाट, २१ साउन । नेपालकै पबित्र देवघाटधाम वेणी संगममा स्थल देवघाटको झोलुङ्गे पुलबाट हामफालेका एक युवकको सकुशल उद्दार गरिएको छ ।
घरायसी समस्या सम्झिएर एक्कासी पुलको बीचबाट हामफालेका भरतपुर १२ नौरङ्गे घर भएका २५ वर्षीय धिरज चौधरीको सशस्त्र प्रहरीले उद्दार गरेको ।

आज स्नान र पुजाआज सगै साउन बोलबम बेला भर्नको लागि विभिन्न ठाँउहरु बाट तिर्थालु भत्तmजनहरुको बाक्लो घुइँचो लागेको उनले पुलबाट हाम फालेका थिए ।
सशस्त्र प्रहरीका सहायक निरीक्षक प्रलाद सिलवालको नेतृत्वमा खटिएको कुरिन्टार विपद् ब्यवस्थापन तालिम शिक्षालयको रेसक्यु टिमले करिब पाँच मिनेट पछि नै झोलुङ्गे पुलबाट तीन सय मिटर पुगेर उद्दार गरेको थियो ।

चितवन र तनहुँ तर्फ जोड्ने झोलुङ्गे पुलबाट हामफालेका चौधरीले बोलबम मेलामा आफुपनि साथीहरूसंग पुजा आर्चना गर्न घरको पिडा सम्झीएर हामफालेको बताए ।

श्रीमती पोईला गएपछि एक महिना देखि मानसिक रुपमा निकै तनावमा परेको र बाच्न मन नलागेपछि आत्महत्या गर्ने उदेश्यबाट पुलबाट हामफालेको आफुहरुलाई बताएको बिपद ब्यवस्थापन गण कुरिनटारका सशस्त्र प्रहरी सहायक निरीक्षक प्रहलाद सिलवालले बताए ।

देवघाट क्षेत्रबिकास समितिले यहाँको जल तथा थल सुरक्षाका लागि पत्रनै काटेर बिपद ब्यवस्थापन गण कुरिन्टार र सीमा सुरक्षा बल आपटाडीलाई सुरक्षा टोलि खटाउन आग्रह गरेको थियो ।

सोही बमोजिम यहाँको जल तथा थल सुरक्षाका लागि २० जनाको हाराहारीमा सशस्त्र प्रहरी खटिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । साथै प्रहरीले उद्दार गरेको धन्यवाद समेत थियो ।

देवघाटमा साउन महिनाभर मेला लाग्ने र विशेष गरेर सोमबार अझ तिर्थालु भत्तmजनहरु भिडबढी हुनेहुनाले आफुहरु साउन महिनाभर सोमबार मात्र आउने र पहिलो र दोस्रो सोमबार कुनै घटना नभएको र आज तेस्रो सोमबार पहिलो घटना भएको प्रहरीले जनाएको छ । यस्ता घटना हुन नदिन प्रहरीले देवघाटमा कडा सुरक्षा व्यवस्था गरेको छ ।

Promise Education Consultancy