चितवनका किसानले डिडिसिमा भएको अनियमिताको भण्डाफोर गर्ने

आशिष उप्रेती,

चितवन, साउन २१ । दूधको मुल्य घटाएपछि चितवनका किसानहरु आन्दोलित हुदै आएका छन् । चितवनका दुग्ध किसान दूधको मूल्य घटाएको भन्दै आन्दोलित भएका हुन् । विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोप लगाउदै भरतपुरको साबिक शुक्रनगर १ स्थित श्री अमृत दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सोको विरुद्धमा आज प्रेस विज्ञप्ती नै जारी गरेको छ ।

किसानलाई दिंदै आएको दूधको मूल्यमा ३ रुपैया घटाएको बिरोधमा किसानहरु आन्दोति हुदै आएको संथाका अध्यक्ष शंकरराज राजभण्डारीले जानकारी दिनुभयो । केहि दिन अघिदेखि नै सोको विरुद्धमा चितवनका किसानहरुले सडकमा दूध पोखेर विरोध समेत गरेका थिए ।

सहकारी संस्थाका किसानहरुबाट मिसावट नहुने बरु डिडिसिकै तल चिस्यान केन्द्रदेखि बीच बाटो हूदै माथिल्लो निकायसम्म ब्यापक मिसावट तथा अनियमिता हुने भएकोले सम्बन्धित निकायले छानबिन गर्न विज्ञप्तीमा आग्रह समेत गरीएको छ ।

उहाका अनुसार दुग्ध विकास संस्थान डिडिसीले दूधको गुणस्तरको आधारमा २५ प्रतिशत अतिरिक्त रकम दिने गरेको थियो । त्यो रकम संस्थानले कटौती गरेको र यसरी कटौती गर्दा यसको मार सहकारी हुदै किसानलाई पर्न जाने उहाले बताउनुभयो । यसलाई हिसाब गर्दा करिब ३ रुपैया कटौती हुने उहाको भनाइ छ । राज्यले किसानलाई सहुलियत र सुविधा दिनुपर्नेमा अझै मुल्य कटौती गर्नु दुःखद् भएको भन्दै अध्यक्ष राजभण्डारीले डिडिसिलाई तत्काल निर्णय फिर्ता लिन आग्रह समेत गर्नुभयो । मूल्य नबढाए तत्काल कडा आन्दोलन गर्ने किसानको चेतावनी समेत रहेको छ ।