चितवनमा घरेलु मदिरा नियन्त्रण अभियान तीव्र, भण्डाराका प्रहरी निरीक्षक बसन्तले गरे २३ सय लिटर मदिरा नष्ट (भिडियो)

राजेन्द्र आचार्य
चितवन, २१ साउन । चितवनमा घरेलु मदिरा नियन्त्रण अभियान तीव्र पारिएकोे छ ।
घरेलु मदिराका अपराधीक क्रियाकलापलाई नियन्त्रण गर्न चितवन प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियानमा सक्रियाता बढाएको हो । शान्ति सुरक्षामा घरेलु मदिराले बढी हिंसां बढाएपछि अभियानलाई तीव्र रुपमा अगाडी बढाएको प्रहरीले जनाएको छ ।
अभियान प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय चितवनले मातहत र ईकाईका प्रहरी निरीक्षक खटाएर घरेलु मदिरा नियन्त्रण अभियानलाई सक्रियाता बनाएका कार्यालयका प्रमुख एवं प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
जिल्लामा हुने धेरै घरेलु हिंसाका घटना पछिल्लो समयमा मदिराकै कारण भएको पाईयो राठौरले भने– ‘अब यस्ता कार्य रोक्न अभियान उपयुक्त देखिएपछि नियन्त्रयण कार्यलाई सक्रियता बढाएका हौं ।’

 

 

चितवन प्रहरीले जिल्लामा अवैध घरेलु मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण अभियान सञ्चालन गरेको छ । घररघरमा पुगेर अवैध रुपमा सञ्चालन गरेका भट्टीका सामग्री र उत्पादनसहित सञ्चालकलाई नियन्त्रणमा लिई कारबाही गर्ने प्रक्रिया विगत डेढ महिनादेखि जारी राखेको उनले स्पष्ट पारे ।
यसैबीच सोही अभियान अन्र्तगत पूर्वी चितवनको राप्ती नगरमा एक सातामा ८ सय लिटर तयारी मदिरा र १५ सय लिटर मदिरा बनाउने कच्चा पदार्थ सहित २३ सय लिटर मदिरा ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख एवं प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए ।
साथै ४० सेट भन्दा बढी मदिरा बनाउन प्रयोग गरिएका भाँडा नियन्त्रणमा लिएको उनले बताए । उक्त परिमाणको मदिरा राप्ती नगरपालिका–१ देखि ७ नम्बर वडाबाट नियन्त्रणमा लिइएको हो ।
सोही मदिरालाई आज प्रहरी, राप्ती नगरपालिकाका उमेयर ईमानसिहं लामासहित वडा अध्यक्ष र पत्रकारहरुको रोहबरमा नष्ट गरिएको छ । एक्जाभेटरको साहयताबाट खाल्टो खनेर सो मदिरा नष्ट गरिएको थियो ।
‘सर्च स्वीप एण्ड स्क्रिनिङ’ अप्रेशन (थ्री एस अप्रेशन) नाम दिएर जिल्लाभर अवैध मदिरा नियन्त्रण गरिने मदिरा पकेट क्षेत्रका रुपमा विकसीत राप्ती नगरमा घरेलु मदिरा नियन्त्रण अभियान तीव्र पारेको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख एवं प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए ।

घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गर्ने अभियान सुरु भएपछि पारिवारिक झैँ–झगडा, छिमेकीसँग झगडा, समाजमा अशान्ति मच्चाउने क्रम रोकिएको र सवारी दुर्घटनामा पनि कमी आएको आचार्यले बताए ।