व्यापार घाटा दोब्बर बढ्यो

काठमाडौं, २१ साउन । गत आर्थिक वर्ष २०७४र७५ मा व्यापारघाटा साढे ११ खर्ब रुपियाँ नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिकमा वर्षमा १२ खर्ब ४३ अर्ब ३० करोड रुपियाँ बराबरको आयात गर्दा ८१ अर्ब १९ करोड १६ लाख रुपियाँ बराबरको मात्र निर्यात गरेको छ ।

पछिल्ला आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापारमा आयात र निर्यातबीचको असन्तुलन बढ्दै गएको छ । ५ वर्ष अवधिमा व्यापारघाटा झण्डै दोब्बरले बढेको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष २०६९र७० मा ५ खर्ब ३६ अर्ब बराबर रहेको व्यापारघाटा ५ वर्षमा बढेर ११ खर्ब नाघेको छ । वार्षिक रुपमा वैदेशिक व्यापारमा वृद्धि भएसँगै मुलुकले व्यहोर्दै आएको व्यापारघाटा पनि बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७३र७४ को तुलनामा गत आर्थिक वर्षमा कुल वैदेशिक व्यापार २५ दशमलव २७ प्रतिशत, आयात २६ दशमलव ३१ प्रतिशत, निर्यात ११ दशमलव १७ प्रतिशत र व्यापारघाटा २७ दशमलव ५३ प्रतिशतले बढेको छ ।

कुल १३ खर्ब २४ अर्ब ४८ करोड ३७ लाख रुपियाँ बराबरको वैदेशिक व्यापारमा ९३ दशमलव ९ प्रतिशत आयात र ६ दशमलव १ प्रतिशत मात्र निर्यातको हिस्सा रहेको छ । आर्थिक वर्ष २०७३र७४ को कुल वैदेशिक व्यापारमा ९३ दशमलव १ प्रतिशत आयात र ६ दशमलव ९ प्रतिशत प्रतिशत निर्यात रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष वैदेशिक व्यापारमा आयातको योगदान शून्य दशमलव ८४ प्रतिशतले बढेको छ भने निर्यातको योगदान ११ दशमलव २६ प्रतिशतले घटेको छ ।

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन । आर्थिक वर्ष २०७३र७४ मा मुलुकले कुल ९ खर्व ११ अर्ब रुपियाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यापारघाटा २७ दशमलव ५३ प्रतिशतले बढेको देखिन्छ ।

कुल आयातमा १६ प्रतिशत पेट्रोलियम पदार्थमात्रै गत आर्थिक वर्षमा १ खर्ब ९७ अर्ब ८५ करोड रुपियाँ बराबरको इन्धन आयात भएको छ । आजको नेपाल समाचारपत्रदैनिकमा खबर छ ।

Promise Education Consultancy