मोक्षधाम समितिलाई सात थान पंखा सहयोग

 

चितवन, २० साउन । नेपाल विद्युत प्राविधिकरण भरतपुर वितरण केन्द्रले मोक्षधाम
सेवा समितीलाई सात थान पंखा सहयोग गरेको छ ।
नेपाल विद्युत प्राविधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महत्तोले मोक्षधाम सेवा समितीका अध्यक्ष ऋषिराज पाण्डेलाई पंखा हस्तान्तरण र्गनुभएको हो ।
शनिवार मोक्षाधाम सेवा समिती देवघाटको परिसरमा आयोजीत एक कार्यक्रमका विच समितले देवघाटमा निर्माण गरेको मलामी विश्राम तथा क्रियापुत्री भवनका लागि सो पंखा सौजन्य गरेको हो ।
नेपाल विद्युत प्राविधिकरण भरतपुर वितरण वितरण केन्द्रका कर्मचारीहरुको सहयोगमा सो पंखा हस्तान्तरण गरिएको हो ।