आदर्श सहकारीद्धारा तीन संस्थालाई सहयोग हस्तान्तरण

 

चितवन,२० साउन । आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गतको रकम आइतबार तीन ओटा संस्थाहरुलाई हस्तान्तरण गरेको छ ।
भरतपुर १० स्थित आदर्श नारी विकास केन्द्रलाई तीस हजार रुपैयाँ, भरतपुर ३, नगरवन मार्ग स्थित सडक बालबालिका पुनर्स्थापन केन्द्र (हाम्रो घर) तथा भरतपुर ९, शरदपुर स्थित चितवन मानव सेवालाई ५ हजार ५ सय ५५ रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको हो ।
संस्थाका अध्यक्ष भानुभक्त कंडेल, उपाध्यक्ष सावित्री कंडेल, सचिव पवित्रा के.सी., कोषाध्यक्ष राजकुमार श्रेष्ठ, सदस्य हेममाया गौतम, सदस्य मिना गुरुंग, व्यवस्थापक नारायणप्रसाद सापकोटा लगायतको उपस्थितिमा तिनै ओटा संस्थाका प्रमुखहरुलाई सोही संस्थाहरुमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
संस्थाले हरेक वर्ष आफ्नो सामाजिक उत्तरदायित्व शिर्षकबाट यस प्रकारको सहयोग गर्दै आइरहेको जानकारी व्यवस्थापक नारायण प्रसाद सापकोटाले दिए ।
भरतपुर १०, दुरसंचार मार्गमा रहेको सो संस्थामा हाल १२ सय २९ जना शेयर सदस्य रहेका छन् ।