भ्याली स्टेट कलेजका विद्यार्थीलाई कार्यशाला

चितवन, २० साउन । चितवनमा बजारीकरणका चुनौती विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ ।


भ्याली स्टेट कलेजको विविए चौथो सेमिस्टरका विद्यार्थीहरुलाई लक्षितगरि बजारीकरणका चुनौती विषयमा एक दिने कार्यशाल सम्पन्न भएको कलेजकी प्रचार्य जमुना श्रेष्ठले जानकारी दिईन् ।

सो अवसरमा मार्केटिङ शिक्षक प्रेम शर्माले बजारीकरणका चुनौती, समस्यासगैँ यसलाई कसरी निराकरण गर्ने भन्नेबारेमा प्रशिक्षण दिएका थिए ।
कविलासको प्रेसिडेन्सी रिर्सोटमा आवासिय सुविधासहित कार्यशालामा ३५ जना विद्यार्थीहरुलाई सहभागी गराईएको थियो ।
छोटो समयमा नै व्यवस्थापन संकाय उत्कृष्ट नजितादिन सफल भ्याली स्टेट कलेजले ४ बर्षे विविए मात्र पठाउदै आएको छ ।


पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्तगरि सन् २०१२देखि पठ्नपाठनसुरु गर्दै आएको हो ।

Promise Education Consultancy