नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको अध्यक्षमा शिवराज लामिछाने

चितवन, २० साउन । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ चितवन– नवलपुर क्षेत्रिय समितिको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
गैंडाकोटकोमा  सम्पन्न भएको कार्यक्रममा समितिले शिवराज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सहित कार्यक्रम सम्पन्न गरेको हो ।


नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका केन्द्रिय अध्यक्ष शुनिल गोपाल श्रेष्ठको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा चितवन तथा नवलपुरमा मसलन्द तथा शैक्षिक सामाग्री उत्पादनको व्यवसाय गर्दै आएका व्यवसायीहरु तथा देसभरबाट भिभिन्न प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले मसलन्द तथा शैक्षिक सामाग्री उत्पादनको क्षेत्रमा वर्तमान अवस्था, बजार तथा संचालन गर्दा आउने विभिन्न समस्याहरुको बारेका मन्तव्य राखेका थिए ।

केन्द्रिय अध्यक्ष शुनिल गोपाल श्रेष्ठले मसलन्द तथा शैक्षिक सामाग्रीहरु नेपालमा जम्मा २० प्रतिशत मात्र उत्पादन हुने र नेपालभरी कम्पनीमा दर्ता भएका ३०० वटा तथा घरेलु सहीत ५०० वटा मसलन्द उद्योगहरु रहेको बताए ।
कच्चा पदार्थ आयात गर्दा भन्सार लगायतका करमा सुहलियत तथा नेपाली उत्पादनलाई सरकारले प्रोत्साहन गर्ने हो भने उद्योगहरु बढ्नुका साथै भएका उद्योगहरुले उत्पादन बढाउन सक्ने उनकने भनाई थियो ।


९० लाखको हाराहारीमा विद्यार्थीहरु रहेको नेपाली बजारमा उनीहरुलाई पुग्ने सैक्षिक सामाग्रीहरु नेपालमै उत्पादन गर्न सकेको खण्डमा मसलन्द तथा शैक्षिक सामाग्रीको क्षेत्र फराकिलो हुने र यसले देसको आथिृक विकासमा निकै टेवा पुग्ने उनको तर्क थियो ।
कार्यक्रममा विशिष्ठ अतिथि रहेका चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले अहिलेको समयमा एक्लै उद्योग संचालन गर्नमा निकै कठिन हुनाले एकताबद्घ भएर गआडी बढ्दा औद्योगिक तथा आर्थिक बिकासमा टेवा पुग्ने बताए ।
हिमराज खनालको संयोजकत्वमा संचालन भएको कार्यक्रममा समितिले चितवनमा सोही व्यवसाय गर्दै आएका बाबुराम घिमिरेलाई सम्मान गरेको थियो ।
बर्तमान कार्यसमितमा शिवराज लामिछाने अध्यक्ष, केशवराज खनाल उपाध्यक्ष, रुद्र सुवेदी सचिव, हरि प्रसाद पौडेल कोषध्यक्ष तथा सदस्यहरुमा थानेश्वर न्यौपाने, हिमराज खनाल, मोति प्रसाद अधिकारी, मनिष अग्रवाल, उत्तम प्रसाद रेग्मी रहेका छन् ।
यसैगरी लेखा समितिमा गिरीराज उपाध्याय संयोजक, उमाकान्त कँडेल, शुसिल विश्रवाल रहेका छन् । त्यस्तै सल्लाहकार संयोजकमा बाबुराम घिमिरे संयोजक, धर्मदत्त ढकाल, गोपाल गैरे रेका छन् । बजार अनुगमन समितिमा दुर्गा प्रसाद गौतम संयोजक, रामकृष्ण ढकाल, वविन रिजाल रेहेका छन् ।