जाजरकोट पहिरो अपडेट : आठको शव भेटियो, उद्धार जारी

जाजरकोट, २० साउन । जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजार नजिक गएको पहिरोमा परी पुरिएका मध्ये आठ जनाको शव फेला परेको छ।

प्रहरीले दिएको जानकारी अनुसार  मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्।

यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। अन्य दुई बालिका र एक महिलाको मृत्यु भएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानी नाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरिएको  हो।

पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्।

वर्षा नरोकिएको र भुभाग अपठ्यरो  भएका कारण उद्दारमा समस्या परेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

Promise Education Consultancy