कक्षा १२ नतिजा : विज्ञान संकायमा नमुना आमावि गैडाकोटका दुई विद्यार्थी जिल्ला प्रथम

नवलपुर, २० साउन । नवलपुर जिल्लाको गैडाकोट २ मा रहेको नमुना आमाविका दुई विद्यार्थी जिल्ला प्रथम भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको यस वर्षको कक्षा १२ को परीक्षामा नमुना आमाविनका विवेक चालिसे र सचिन न्यौपानेले जिल्लामा उत्कृष्ट अंक ल्याएका हुन् ।
विज्ञान संकाय तर्फका यि दुई आफ्ना विद्यार्थीले एक अकं पाई पहिलो भएको नमुना आमाविको दावी गरेको छ ।
विज्ञान संकायका चालिसे र न्यौपानेले जीपिएमा ३.७८ अंक ल्याएर जिल्लामा पहिलो भएका हुन् । आफ्ना विद्यार्थीले उत्कृष्ट अंक ल्याएर गौरव बढाएको नमुना आमावि शिक्षक लक्ष्मीकान्त शाखीले जानकारी दिए ।
विद्यार्थीको मिहिनेत , अभिभावकहरुको साथ र लगनशीलताका साथ उत्कृष्ट नतिजापाएको भन्दै नमुना सधैव गुणस्तरी शिक्षाका लागि जिल्लामा नै नमुना बनेको बताए ।

Promise Education Consultancy