नेपालका गाईगोरु बंगलादेश तस्करी

काठमाडौं, २० साउन । तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ ।नुवाकोट प्रहरीले सिन्धुलीको सिन्धुलीगढी २ का अनिल मोक्तानलाई दुई ट्रक गाईगोरुसहित देवीघाटबाट पक्राउ गरेपछि यस्तो तत्य खुलेको हो ।

प्रहरीका अनुसार उनले नुवाकोटको लिपु, गुप्तेश्वर, शिवपुरीलगायतका क्षेत्रबाट गाईगोरु जम्मा गरी बंगलादेशतर्फ लैजान लागेका थिए । आजको नयाँपत्रिकामा खबर छ ।