तपाईको आजको दिन कसरी व्यातित हुदैँ छ , हेरौ राशीफल

वि.सं.२०७५ साल साउन २० गते । आईतबार । ईश्वी सन् २०१८ अगष्ट ०५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण कृष्ण पक्ष । तिथि अष्टमी,२ घडी ०८ पला,बिहान ६ बजेर २१ मिनेट उप्रान्त नवमी । नक्षत्र भरुणी,१४ घडी २० पला,बिहान ११ बजेर १३ मिनेट उप्रान्त कृतिका ।  योग गंड ०८ घडि २४ पला,बिहान ०८ बजेर ५१ मिनेट उप्रान्त वृद्धि । करण कौलव,बिहान ६ बजेर २१ मिनेट उप्रान्त तैतिल,बेलुकी ४ बजेर ४४ मिनेट गर । 

आनन्दादिमा काल योग । चन्द्रराशि मेष,बेलुकी ५ बजेर ०६ मिनेट उप्रान्त बृष । 

काठमाडौंमा सूर्योदय ५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी १८ पला । 

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ

(, गे, गो, सा, सि, सु, से, सो, दा ) मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  कार्य सम्पादनमा समस्या आउला । अनावश्यक यात्रा हुनेछ । आत्मघाती काम गर्न पुगिएला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

बृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु ) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । सन्तान सुख मिल्नेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । सरकारी निकाएको भय रहला । कार्यमा बाधा आउनेछ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

Promise Education Consultancy