पाल्पाको डिमुरेमा जीप दुर्घटना, दुई शव भेटियो

 

पाल्पा, साउन १९। रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्गमा जीप दुर्घटना भएको छ । तानसेनबाट विद्युत्का समाग्री लिएर ठिमुरे तर्फ जाँदै गरेको बा १च ७९७० नम्वरको नीजि हाईलक्स टोयटा जीप ठिमुरे ढुस्टुङ्गमा दुर्घटना भएको हो ।

जीपमा सवार दुई जनाको जीपले किचेको अवस्थामा शव भेटिएको रहेको इलाका प्रहरी कर्यालय मुझुङ्गले जनाएको छ ।

शवको सनाखत भने हुन सकेको छैन । प्रहरीको टोली घटनास्थल तर्फ गएको र नेटोर्कको समस्याका कारण विवरण आउन ठिलाई भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले बताए ।

Promise Education Consultancy