महिला हिंसा विरुद्ध युवाहरु सडकमा

चितवन, १९ साउन । महिला हिंसा अन्त्य गर्नका लागि दबाब दिने उद्देश्यले चितवनका युवाहरुले प्रदर्शन गरेका छन् ।
महिला हिंसा अन्त्य गरौँ सभ्य समाज निर्माण गरौँ भन्ने नाराका साथमा युवाहरुले भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका हुन् । सामथ्र्य नेपालको अगुवाईमा चितवनका युवाहरुले शनिबार दिउँसो एक घण्टासम्म प्रदर्शन गरेका छन् । महिला हिंसा विरुद्ध एकजुट बनौँ भन्ने सन्देश दिन उद्देश्यले युवाहरुले विभिन्न नारा सहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
युवाहरुले नारीलाई हिंसा होइन सम्मान गर्न सिकौँ, नारीलाई आफ्नो आमा सोच्ने बानीको विकास गरौँ जस्ता प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका हुन् । समाजमा बढ्दै गएको बलात्कार, घरेलु हिंसा जस्ता जघन्य अपराध रोक्नको लागि आफूहरुले महिला हिंसा विरुद्धको राष्ट्रिय महाअभियान सुरुआत गरेको सामथ्र्य नेपालका संयोजक अर्जुन भुषालले बताए । आफूहरुको अभियानलाई निरन्तरता दिने उल्लेख गर्दै भुषालले देशव्यापी रुपमा युवाहरुले सचेतनामूलक कार्यक्रम गर्ने हो भने महिला हिंसाको अन्त्य गर्न सकिने बताए ।

Promise Education Consultancy